
पर्वत- पर्वतको फलेवास नगरपालिकाले ७० करोडको बजेट ल्याएर सत्रौं नगरसभा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२÷०८३का लागी पुँजीगत तर्फ रु. १६,करोड २५लाख ,५० हजार यसै गरी चालु तर्फको बजेट रु. ५३,करोड ९६ लाख ,२०,हजार गरी नगर पालिकाले ७० करोड २१ लख ७० हजारको बजेट प्रस्तुत गरेको हो ।नगर पालकाले आउँदो आर्थिक वर्षमा नगरका सबै वडामा कालोपत्रे सडक पु¥याउने नगरका सबै नगरवासीहरुको घरमा एक घर एक धारा पु¥याउने लक्ष्य सहीत बजेट निति कार्यक्रम प्रस्तुत गरेको छ । यो सँगै नगर पालिकाले सामुदायीक विद्यालयका कक्षा ७ सम्म अध्यायरत विद्यार्थीलाई दिवा खाजा , स्थानीय उत्पादन जेठो बुडो धान र गहूँको भक्तपुरे काँक्राको वीउ लेवलीङ प्याकेजिङ गर्ने तथा र बाँदर नलाग्ने खेतीमा अदुवा खुर्सानी वेसार घरेलु मदिरा खेतीलाई प्रोत्साहन गर्ने जनाएको छ । साना सीचाईको किसानको पहुँचमा विस्तार गरेर नगर पालिकाले एक घर एक करेसा वारी कार्यक्रम ल्याउने जनाएको हो । यो सँगै स्थानीय रुपमा उत्पादन हुने मदीराको ब्राण्डीङ गर्ने समेत नितिमा जनाएको छ । पुराना कला सीपकोको प्रबधर्न गर्ने जनाएको हो ।नगर पालिकालको आयोजना गरेको १७ औ नगर सभाका तीन वटा बैठकमा आर्थिक वर्ष ०८२÷८३ को नीति तथा कार्यक्रम , प्रस्तावीत बजेट तथा कार्यक्रम , आर्थिक विधेयक , आर्थिक वर्ष ०८०÷८१ को अन्तिम लेखापरिक्षण प्रतिवेदनले विभिन्न दफामा औंल्याएका बेरुजु नियमित गर्ने प्रस्ताव पारीत गरेको छ । नगर सभाले विनियोजन विधेयक , वन व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको बिधेयक, २०८२ , खानेपानी तथा सरसफाई र स्व्स्छता सम्वन्धमा व्यवस्था गर्न बनेको बिधेयक, २०८२ समेत पारीत गरेको हो ।नगरले लिएको निती कार्यक्रम सम्पन्न गर्न विभिन्न १५ शिर्षकका विषय गत क्षेत्रका कार्यक्रम सम्पादन गर्न उप प्रमुख शोभा कुमारी क्षेत्रीले बजेट प्रस्तुत गरेकी हुन । सभामा प्रस्तुत बजेट निती कार्र्यक्रम र विधेयक सभाका सदस्यहरुले पारीत गरेका हुन ।
Enter