साताब्यापी कार्यक्रम गर्दै पर्वत जेसीजको सप्ताह भब्य रुपमा सम्पन्न  - News site from Nepal
पर्वत– पर्वत जेसीजले आयोजना गरेको जेसीज सप्ताह–२०२५ अन्तर्गत साताव्यापी विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ ।
जेसीज सप्ताहको अन्तिम दिन शुक्रवार विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता तथा समापन कार्यक्रम  विविधता, उत्साह र सांस्कृतिक प्रतिभाले भरिएको माहोलमा सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा  विद्यालयका विद्यार्थीहरूले आफ्नो प्रतिभा, सृजनशीलता र सांस्कृतिक पहिचान प्रस्तुत गर्दै वातावरण अत्यन्तै रंगिन बनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले विद्यार्थीहरूको कला, संस्कृति र व्यक्तित्व विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै पर्वत जेसीजको गतिविधिको प्रशंसा गर्नुभयो । उहाँले पर्वत जेसीज पर्वतको अग्रणी संस्था भएको बताउँदै समाजलाई सहि दिशामा डोराउनका लागि युवाहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष गोविन्द पहाडी, नेपाली कम्युनिस्ट पार्टी प्रदेश कमिटी सदस्य शंकर गिरी, कुश्मा नगरपालिका–६ का अध्यक्ष इश्वर गिरी, वडा नंं ८ का वडा अध्यक्ष सुरेन्द्र् केसी, मातृशाखा अध्यक्ष सुशान्त कृष्ण श्रेष्ठ, अध्यक्ष  क्लब अध्यक्ष निर्मल विश्वकर्मा, पूर्व अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू तथा सरोकारवाला अभिभावकहरूको सहभागिता रहेको थियो ।
नृत्य प्रतियोगितामा  नारायण नमूना मा.वि प्रथम , नमुना आवासीय मावि द्धितिय, कालीगण्डकी एकेडेमी तृतिय र सान्त्वना स्थान आदर्श आवासीय माविले प्राप्त गरेका छन् ।
कार्यक्रम संयोजक अजय पोखरेलले उपस्थित सबै अतिथि, विद्यालय प्रतिनिधि, निर्णायक, सहभागी विद्यार्थी तथा अभिभावकहरूलाई स्वागत गर्दै प्रतियोगिताको उद्देश्य सांस्कृतिक जगेर्ना, प्रतिभा पहिचान र विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि बारे प्रकाश पार्नुभएको थियो ।
सप्ताहको सम्पूर्ण संयोजन शर्मिला शर्माले कुशलतापूर्वक सम्पन्न गर्नुभएको थियो भने महासचिव प्रवेशराज पुरीले कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले सात दिनसम्म निरन्तर सञ्चालन भएका सबै कार्यक्रमहरू युवा सशक्तिकरण, नेतृत्व विकास, शिक्षा सहयोग, सडक सुरक्षा सचेतना तथा सांस्कृतिक कार्यक्रम प्रति कृतज्ञता व्यक्त गर्दै सहभागी सबैको योगदानले जेसीज सप्ताहलाई सफल र अर्थपूर्ण बनाएको बताउनुभयो ।  युवाको क्षमता, प्रतिभा र सकारात्मक ऊर्जालाई सही दिशामा अघि बढाउने हर कार्यक्रम समुदायकै विकासका लागि भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!