माओवादी अध्यक्ष दाहालले भोली पर्वतवासीसँग जनसंवाद गर्ने - News site from Nepal
माओवादी अध्यक्ष दाहालले भोली पर्वतवासीसँग जनसंवाद गर्ने
पर्वत, ८ जेठ : मध्यपहाडी लोकमार्ग जागरण अभियानमा रहनुभएका नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्वतवासीसँग जनसंवाद गर्नुहुने भएको छ ।
अभियान अन्तर्गत भोली शुक्रवार पर्वत सदरमुकाममा जनसंवाद कार्यक्रमको आयोजना गरिएको हो । पर्वत जिल्लाको विकास र जनसरोकारका विषयमा अध्यक्ष प्रचण्डले पर्वत स्थित सवै राजनीतिक दलका प्रमुख, सरकारी कार्यालयका कर्मचारी, नागरिक समाज तथा सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग छुट्टाछुट्टै संवाद गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र पर्वतका संयोजक उमाकान्त भुर्तेलले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
शुक्रवार विहान पर्वत सदरमुकाम कुश्मा आईपुग्ने प्रचण्ड दिनभर जसो पर्वत सदरमुकाम कुश्मामै रहनुहुने छ । उहाँले जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुसँग अन्तरक्रिया गर्ने, त्यसपछि जिल्लावासीहरुसँग जनसंवाद, शहिद परिवारलाई सम्मान तथा पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिनुहुने कार्यक्रम रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य मनोहरी तिमिस्सिनाले बताउनुभयो ।
भ्रष्टाचारको बिरोध र सुशासनको पक्षमा खबरदावी गर्न, लोकतन्त्रको सुदृढिकरण र संविधानको प्रगतिशिल कार्यान्वयन, राजनीतिक स्थीरता, विकास र समृद्धिवारे पार्टी नीतिको सम्प्रेषण गर्न, राष्ट्रिय स्वाधिनताको पक्षमा जनजागरण सिर्जना गर्न जनसंवाद गर्न लाग्नुभएको तिमिल्सिनाले बताउनुभयो ।
सो अवसरमा शहीद तथा वेपत्ता परिवारलाई सम्मान समेत गरिने भएको छ । अध्यक्ष प्रचण्ड सहित अभियानको टोली जेठ १० गते पोखरामा आयोजित जनसभामा सहभागि हुनका लागि शनिवार शुक्रवार साँझनै पोखरा प्रस्थान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदिप कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!