पर्वत १० फागुन : पर्वतको कुश्मा नगरपालिका वडा नं १० पिपलटारीमा बाँदरको आक्रमणबाट ८४ वर्षियाा बृद्धा घाइते हुनुभएको छ ।
घरमा आराम गरिरहेको अवस्थामा अचानक बाँदरको हुल करेसा बारिमा प्रवेश गरेपछि धपाउन जाने क्रममा हुलले आक्रमण गर्दा बृद्धा नन्दकला रखाल घाइते हुनुभएको हो ।
शुक्रबार दिउँसो घाईते भएकी बृद्धा रखालको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको छ । उहाँका छोरा प्रकाश सुवेदीका अनुसार बाँदरको हुलले आक्रमण गर्दा टाउकोमा गम्भीर चोट पुगेको र उपचारका क्रममा ५ वटा टाँका लगाउनुपरेको उहाँले वताउनुभयो ।
पछिल्लो समय पिपलटारीमा बाँदरको आतंक वढिरहेको र बाँदरको हुलले फलफुल, तरकारी, हिँउदे वाली नष्ट गर्ने मात्र होइन पशु चौपायलाई समेत आक्रमण गर्ने गरेको स्थानीय कृषक पदम प्रसाद पौडेलले बताउनुभयो ।
पर्वतका सवैजसो वडामा बाँदरको आतंक रहेको छ । बाँदरका कारण खेतवारी बाँझै रहनुका साथै बसाईसराई समेत बढ्दै गएको छ ।






