कालिका भगवती मन्दिरलाई साउण्ड सिस्टम र दियो–पाला प्रदान - News site from Nepal

रामचन्द्र भुसाल, फलेवास ।
पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीको पोखराचौरमा रहेको कालिका भगवती मन्दिरलाई साउण्ड सिस्टम र दियो पला प्रदान गरिएको छ । साविक शंकरपोखरी पोखराचौर हाल देवदह नगरपालिका बुटवल निवासि पुर्ण प्रसाद भुसालको परीवारबाट करिब ५५ हजार पर्ने १ थान साउण्ड सिस्टम र शंकरपोखरी विष्टपानी घर भई हाल अष्ट्रेलियामा रहनुभएका गोकुल भुसालज्यूबाट करिब ४३ हजार २०० मुल्य बराबरका १०८ थान धातुबाट बनेका दियो÷पाला प्रदान गरीएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होम प्रसाद भुसालले बतानुभएको छ ।
कालिका भगवती मन्दिर शंकरपोखरीको एक लोकप्रिय धार्मिक स्थालको रुपमा परीचीत मन्दिर भएकोले यसको थप स्तरोन्नतीका लागि आफुहरुले निशुल्क रुपमा मन्दिरलाई आवश्यक समानहरु प्रदान गरेको सौजन्यकर्ताहरुको भनाई छ । धेरै वर्ष अघिदेखि स्थापित भएको यो मन्दिरमा वडा दशैँ र विभिन्न पर्वहरुमा विशेष पुजाआरधना गर्ने प्रचलन रहँदै आएको समितिका सचिव कमल प्रसाद भुसालले जानकारी दिनुभएको छ ।
मन्दिरलाई थप व्यवस्थित गर्नको लागि आफुहरुले चालेका हरेक कदमहरुमा स्थानीयहरुले राम्रो साथ दिएकोमा सचिव भुसालले खुःसी प्रकट गर्दै सहयोगदाता सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!