आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष दिन, शिवालयहरुमा घुँईचो - News site from Nepal

पर्वत– आज २०८२ साल साउन ५ गते सोमबार। साउन कृष्ण पक्षको एकादशी तिथि। कामीका एकादशी व्रत। तदनुसार सन् २०२५ जुलाई २१ तारिख। साउन महिनाको पहिलो सोमबार भएकाले आज व्रतालुका लागि अझ विशेष दिन हो । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

आज पर्वतको प्रसिद्ध गुप्तेश्वर गुफा, अलपेश्वर गुफा लगायतका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको घुँईचो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!