लाङ्दी पहिरो अपडेट : पुरिएका दम्पतीमध्ये श्रीमान मृत फेला, श्रीमतीको खोजी कार्य जारी  - News site from Nepal
पर्वत, ४ साउन : पर्वतको मोदी गाउँपालिका वडा नं. ३ देउरालीको लाङ्दीमा घर पछिबाट आएको पहिरोमा पुरिएर वेपत्ता भएका दम्पती मध्ये श्रीमानको शव भेटिएको छ ।
स्थानीयवासी र सुरक्षा निकायको लामो प्रयासपछि पुरिएको अवस्थामा केहिवेर अघि घरधनी ७८ वर्षिय छविलाल विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो ।
पहिरोमा सँगै पुरिएर वेपत्ता भएकी छविलालकी श्रीमती विष्णुमतीको खोजी कार्य जारी रहेको छ । डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर खोजी कार्य जारी राखेको पर्वतका प्रहरी प्रमुख विष्टले जानकारी दिनुभयो । अत्याधिक ठुलो वर्षा परेकाले उद्धारमा समेत कठिनाई भैरहेको उहाँको भनाई छ ।
गएरातीदेखि परेको भारी वर्षाका कारण आइतवार विहान विहान साढे ४ बजे घर पछिको कान्लोबाट पहिरो खस्दा दम्पती पुरिएका थिए । भने उनिहरुकी २८ वर्षिया बुहारी पवित्रा भागेर ज्यान जोगाउन सफल हुनुभएको थियो ।
उक्त घर गत वर्षकै वर्षायाममा जोखिमा परेको थियो । मोदी गाउँपालिकाले जोखिमयुक्त घरको सुचिमा कायम गरेको उक्त घरका परिवारलाई सचेतना अपनाउन आग्रह गरेको थियो ।
गएरातीदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भिषण वर्षा भैरहेको छ । यस क्षेत्रका मोदीखोला र कालीगण्डकी नदिमा बहाब उच्च बढ्नुका साथै सतर्कता तह समेत पार गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!