
पर्वत ६ असार : पर्वतको प्रसिद्ध पर्यटकीय गाउँ बनौ जोड्ने सडक गएराती आएको भिषण वर्षासँगैको पहिरोका कारण अबरुद्ध बनेको छ ।
जिल्लाको कुश्मा नगरपालिका वडा नं. २ अर्मादी स्थित मध्यपहाडी लोकमार्गदेखि बनौसम्म जोड्ने अर्मादी–बनौ सडक अवरुद्ध बनेको हो । सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका वडा नं. १ पाङको भाटेवारी नजिकै रोहोटेमा सडक माथिवाट पहिरो खसेको स्थानीय टेक परियारले जानकारी दिनुभयो ।
ढुंगा, लेदो र रुखहरुसहित झरेको पहिरोले गएराती एक बजेदेखिनै सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध हुँदा पर्यटकीय गाउँ बनौ, हल्जुरे, शालिजा लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनहरु अलपत्र बनेका छन् ।
अहिले सडक खुलाउनका लागि प्रयास भैरहेको उहाँले बताउनुभयो ।