पर्वतको चुवामा धार्मिक पर्यटकिय धाम बनाउन धनधान्यांचल महायज्ञ संचालन गरिँदै, तयारी तीब्र - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवामा श्रीमदभागवत महायज्ञ संचालन गरिने भएको छ ।
हरिहरेश्वर योग कुटी, सत्संग भवन,संकटा मन्दिर स्थापनार्थ, निःशुल्क अन्न क्षेत्र सहित लक्ष्मीनारायण धाम स्थापनाका लागि श्रीमदभागवत महापुराण धनधान्यांचल आयोजना गरिएको हो । यहि वैशाख १० गतेदेखि १७ गतेसम्म संचालन हुने महायज्ञ निलकण्ठ महादेव मन्दिर सन्यास आश्रम पोखराका संस्थापक ब्रम्हालीन नागवावा आनन्द गिरीको संकल्पमा गर्न लागिएको हो ।
महायज्ञमा पण्डित चन्द्रकान्त पौडेलले कथा बाचन गर्नुहुने भएको छ । विशेषगरी प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ जाने तिर्थयात्रीहरुको आश्रयस्थलको रुपमा समेत विकास गर्नेगरी महायज्ञ आयोजना गरिएको महायज्ञ मुल समारोह समितिका अध्यक्ष चन्द्रप्रसाद शर्माले बताउनुभयो ।


उहाँका अनुसार अहिले महायज्ञको तयारी तीब्र रुपमा भैरहेको छ । भौतिक संरचना निर्माण, प्रवेशद्धारा, ध्वजापताका टाँग्नेदेखि अन्य व्यवस्थापनका कामहरु भैरहेको उहाँको भनाई छ । वैशाख १० गते बुधवार विहान ११ बजे उद्घाटन हुने महायज्ञमा आयोजक बन्ने र दान गर्नेहरुको संख्या समेत बढ्दै गएको छ ।


महायज्ञवाट रु. एक करोड रुपैया भन्दा बढि संकलन गर्ने अपेक्षा गरिएको छ । दानदाताहरुलाई विभिन्न सम्मान समेत गरिने भएको छ । यसलाई विशुद्ध महायज्ञ मात्रै भन्दा पनि लक्ष्मीनारयण धाम महोत्सवको रुपमा पनि मनाउन लागिएको आयोजक समितिका सचिब सिर्जन पौडेलले बताउनुभयो ।
महायज्ञलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आयोजकले स्वदेश तथा विदेशमा रहनुभएका चुवावासी दाजुभाई दिदीबहिनी तथा समग्र पर्वत जिल्ला वासीहरुमा आर्थिक, भौतिक, नैतिक तथा सहभागिताका लागि अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!