
पर्वत– पर्वतको कुश्मामा रहेको शिवालय माविमा अध्ययनरत जेहन्दार तथा विपन्न विद्यार्थीहलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कुश्मा नगरपालिका वडा नं. १ पाङ निवासी नेत्रलाल रिजालको पहलमा युकेएसजेएम विपिको सहयोगमा सामाग्रीहरु वितरण गरिएको हो । एक सय बीस थान कापी र ६० प्याक कलम सहयोग गर्नुभएको हो ।
उक्त सामाग्री सहयोगदाता रिजालले शिवालय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भविन्द्र गिरी र विद्यालयका प्रअ भुपेन्द्र चापागाईलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा रिजालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनका लागि आफु सक्रिय रुपमा लाग्ने उहाँले बताउनुभयो ।

शैक्षिक क्षेत्रको सुधारका लागि यो संस्थाले सहयोग संचालन गर्दै आएको छ ।
शैक्षिक सुधारका लागि युकेएसजेएमविपि नामक संस्थाले काम गर्दै आएको छ । यो संस्थाले आगामी वैशाखदेखि शैक्षिक सुधार, विद्यालयको सरसफाई र बालबालिकाहरुको गुणस्तरयुक्त खाजा प्रदानका लागि सहयोग गर्ने भएको छ ।
युकेएसजेएमविपि संस्थाको कार्यालय कुश्माको साझा चोकमा रहेकोछ । यस संस्थाले पर्वत जिल्लाका सवै सामुदायिक तथा निजि विद्यालयमा काम गर्ने भएको छ । आर्थिक अभावका कारण पठनपाठनवाट बञ्चित भएका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिलाउनुका साथै विद्यार्थीमैत्री वातावरण बनाउनका लागि संस्थाले सक्रिय रुपमा काम गर्ने रिजालले जानकारी दिनुभयो ।