लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
मोदी गाउँपालिकाको आठौँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईयो - News site from Nepal

पर्वत– जिल्लाको मोदी गाउँपालिकाले ८ औ स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । गाउँपालिका स्थापना भएको ८ बर्ष पुरा भएको उपलक्ष्यमा गाउँपालिकाले आफ्नो स्थापना दिवस मनाएको हो ।

कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्थापना दिवसको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले स्थानीय तहमार्फत सिंहदरवारको अधिकार गाउँ गाउँमा ल्याउने प्रयास गरिएको भएपनि अझै पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । नागरिकको नजिकको सरकारको रुपमा रहेका स्थानीय तहले तल्लो स्तरसम्म पुगेर नागरिकको सेवा गरेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य भक्त कुँवर, फलेवास नगरपालिका प्रमुख गंगाधर तिवारी, जलजला गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, मोदी गाउँपालिकाका संस्थापक अध्यक्ष प्रेम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, नेपाली कांग्रेसका पालिका सभापति निद्र्रोष लामिछाने, एमाले पालिका अध्यक्ष हिमलाल पौडेल, माओवादीका पालिका अध्यक्ष कृष्णबहादुर सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रुद्रप्रसाद शर्मा तिमिल्सिना, राप्रपा पालिका अध्यक्ष विशाल महत, नेपाल समाजवादी पार्टीकी नेतृ देवीकुमारी लामिछाने लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

पालिका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष बिमल लामिछानेले ब्यक्त गरेका थिए । शिक्षा अधिृकत दिनेश शर्माले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुराउने ५६ जना ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । भने स्थानीय कला संस्कृति, भजन, कृतन र नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!