राष्ट्रिय युवा संघको सर्कुलर : अधिवेशन नभएका जिल्ला आयोजक कमिटीमा रूपान्तरण, के होला पर्वतमा ? - News site from Nepal
पर्वत– नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले अधिवेशन हुन बाँकी जिल्लाहरू स्वतः दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेको छ ।
युवा संघका महासचिव सुमन पुरीले बुधबार विशेष परिपत्र जारी गर्दै २०८२ वैशाख २५ गतेभित्र जिल्ला अधिवेशन हुन नसकेका जिल्लाहरू स्वतः आयोजक कमिटीमा रूपान्तरण गरिएको बताए ।
ती जिल्लाको संयोजक दोहोरो जिम्मेवारी नभएका खण्डमा स्वयं अध्यक्ष वा संयोजक नै आयोजक कमिटीको संयोजक रहने पनि युवा संघको परिपत्रमा उल्लेख छ ।
 पर्वतमा पनि अधिवेशन हुन सकेको छैन । अधिवेशन नभएकोले बिनोद थापानै आयोजक कमिटिको संयोजकको रुपमा रहने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘सो नभएको खण्डमा उपाध्यक्ष वा सहसंयोजकको नेतृत्वमा आयोजक कमिटी रहनेछ । सो पनि नभएको खण्डमा वरिष्ठता (तत्कालको मर्यादाक्रम को आधारमा आयोजक कमिटी गठन हुनेछ । जसले विधान अनुसार जिल्ला अधिवेशन गर्नुपर्नेछ’, परिपत्रमा भनिएको छ ।
पर्वतमा गत वैशाख २४ गते विस्तारित भेला आयोजना गरि थापा र थकालीलाई जिम्मेवारी नदिई उपाध्यक्ष रहेका आशिष श्रेष्ठलाई संयोजक र सहसचिब रहेका धु्रव श्रेष्ठ उपसंयोजक रहेको ३१ सदस्यीय आयोजक समिति घोषणा गरिएको थियो ।
एकपक्षिय कमिटि घोषणा गरेको भन्दै झडप तथा बिरोध भैरहेका बेला केन्द्रको सर्कुलर अनुसार थापा नेतृत्वको कमिटिनै स्वतः आयोजक कमिटिमा रुपान्तरण भएको युवा संघका महासचिब सुमन पुरीले बताउनुभयोे । उहाँका अनुसार सोहि कमिटिले आगामी अधिवेशन सम्पन्न गर्ने दायित्व समेत रहेको छ ।
यसैगरी आगामी जेठ ९ गते पोखरामा सुरु हुने महाधिवेशनका लागि युवा संघले प्रतिनिधि छनोटको अन्तिम मिति जेष्ठ २ गते भित्रमा अनलाइन फारम बुझाइ सक्न भनिएको छ । अन्यथा प्रतिनिधि बन्नबाट बञ्चित हुने पनि सो संगठनले सर्कुलर जारी गरेको छ ।
त्यस्तै केन्द्रीय कमिटीका सबै सदस्यले पदीय जिम्मेवारी अनुसारको लेवी तथा तोकिएको दायित्व तत्काल बुझाउन युवा सङ्घले भनेको छ । लेबी तथा तोकिएको दायित्व नबुझाउनेलाई प्रतिनिधि कार्ड नदिने युवा संघको भनाइ छ । त्यस्तै जेठ ३ गते मदन– आश्रित दिवसका अवसरमा मातहतका सम्पूर्ण कमिटीहरूलाई दसौँ महाधिवेशन केन्द्रित रचनात्मक कार्य गर्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!