
पर्वत, १ वैशाख : कालीगण्डकी नदि स्नान गर्ने क्रममा बगाएर बेपत्ता बनेकी एक महिला मृत अवस्थामा फेला परेकि छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ मोदीवेणी स्थित कालीगण्डकी नदि किनारमा स्नान गर्ने क्रममा नदिले बगाएर बेपत्ता बनेकी पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ घर भई पोखरा बस्ने ३८ वर्षिया विष्णु पन्त मृत अवस्थामा भेटिएकी हुन् । बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं. ५ बिनामारे स्थित निलिङ्गे किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार साढे ९ बजेको समयमा ढुंगा चिप्लिएर लड्दा कालीगण्डकीले बगाएको थियो । शसस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गर्दै जाँदा दिउँसो ३ बजे शव भेटिएको हो । मृतक महिलाको शव पोष्टमार्टमका लागि बागलुङको धौलागिरि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
उनिसँगै उनकी दिदी र दुई छोरा समेत गण्डकी नुहाउन गएका थिए । उनिहरु भने सकुसल फर्किएको प्रहरीले जनाएको छ ।
नयाँ वर्ष तथा वैशाखे संक्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्नका लागि विभिन्न जिल्लाका भक्तजनहरुको घुँईचो लागेको थियो ।