पर्वतमा डेढसय बढि मोतीयाबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया  - News site from Nepal
पर्वतमा डेढसय बढि मोतीयाबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया 
पर्वत, २ फागुन : लामो समयदेखि आँखाको रोग बल्झाएर बसेका पर्वतका डेढ सय जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।
आँखाको उपचारका लागि पोखरा, काठमाण्डौ जान नसक्ने बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतमा संचालन गरिएको तीन दिने शिविरमा एक सय ५४ जना मोतीयाबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । माघ २९ देखि फागुन एक गते सम्मगरी तीन दिनसम्म शिविर संचालन गरिएको थियो ।
पर्वत सक्रिय लायन्स क्लवहरुको आयोजना तथा रेज होप युकेको आर्थिक सहयोगमा तीन दिने शिविर संचालन गरिएको हो । शिविर संचालनका लागिका लागि हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्रज्योती संघ लगायतको प्राविधिक सहयोग समेत रहेको थियो ।
यस अघि जिल्लाका आठ स्थानमा संचालन गरिएको आँखा जाँच शिविरवाट पाँच हजार भन्दा बढिको आँखा परिक्षण गरिएको थियो । उनिहरु मध्येवाट एक सय ५४ जनाको मोतीयाबिन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान गरिएको थियो । पहिचान भएका सवैलाई सदरमुकाम कुश्मामा रहेको  प्रदेश अस्पतालमा बोलाएर निशुल्क शल्यक्रिया गरिएको लायन्स क्लवका पुर्व डिस्ट्रिक्ट चिफ एडमिनिस्टर बसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो ।
दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । लामो समयदेखि आँखा नदेख्ने समस्या बोकेका बृद्धबृद्धाहरुले नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त गरेका थिए ।
मोतीयाविन्दुका बिरामीको शल्यक्रिायका लागि कतिपय वडाले निशुल्क सवारीसाधनको व्यवस्था गरेका थिए । जिल्लाका सातवटै स्थानीय तहमा यस अघि स्क्रिनिङ शिविर संचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!