मानवअधिकार एलायन्सको २६ औँ स्थापना दिवस : पुस्तक तथा खेलकुद सामाग्री वितरण - News site from Nepal

पर्वत– राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च ( मानवअधिकार एलायन्स ) को २६औ स्थापना दिवस आइतवार विविध कार्यक्रम गरी पर्वतमा मनाईएको छ ।
दिवसको अवसरमा धार्मिक तथा आध्यात्मिक बिधाका पुस्तक र खेलकुद सामाग्री वितरण गरिएको हो । स्थापना दिवसको अवसरमा एलायन्स जिल्ला कमिटी पर्वत र कुश्मा नगरकमिटी पर्वतले आयोजना गरेको संयुक्त कार्यक्रममा जेष्ठ नागरिक मिलन समाज, कुश्मा ७ खरेहालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रम ने.क.पा (एमाले) जिल्ला कमिटी पर्वतका अध्यक्ष तथा एलायन्सका पुर्व केन्द्रीय सचिव गोविन्द पहाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथिको मन्तव्य राख्दै पहाडीले एलायन्सले गरेका कामहरुको प्रशंसाा गर्नुभयो । कार्यक्रममा ने.क.पा ( एमाले) जिल्ला कमिटी पर्वतका सचिव सुवासचन्द्र पौडेल र मिलन समाजका कोषाध्यक्ष डिल्लीराम शर्माले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा एलायन्सका पुर्व केन्द्रीय सदस्यहरु देवीप्रसाद तिमिल्सिना र याम वहादुर मेधासी, जिल्ला कमिटी पर्वतका पुर्व अध्यक्ष नारायण प्रसाद शर्मा लगायत अन्य विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति थियो ।
एलायन्स जिल्ला कमिटी पर्वतका अध्यक्ष आशिष पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुश्मा नगरकमिटी अध्यक्ष भोलाराज सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला कमिटी सचिव आनन्द पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!