सामुदायिक वनमा आगो लगाउने आर्थरका दुई युवा पक्राउ  - News site from Nepal
सामुदायिक वनमा आगो लगाउने आर्थरका दुई युवा पक्राउ 
पर्वत, १ फागुन : खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नंं. १४ आर्थरडाँडाखर्क स्थित ठुलाढुंङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा स्थानीय दुई युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं १४ बगालथोकका स्थानीय २६ वर्षिय सुवास पौडेल र ३१ बर्षिय  रमेश पौडेल रहेका छन् ।
उनिहरुले गत  माघ २९ गते वनमा आगो लगाएका थिए । वनमा आगो लगाउँदा बनजंगल, बन्यजन्तुको बासस्थान नस्ट हुनुका साथै नजिकको बस्तीसमेत जोखिममा परेको भन्दै स्थानीयले खबर गरेपछि पुगेको प्रहरीको टोलीले दुवै जनालाई घरवाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्याल पर्वतका प्रहरी निरिक्षक निरबहादुर बाँनियाले जानकारी दिनुभयो ।
उनिहरु दुवै जनालाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय पर्वत पठाईएकोमा जिल्ला अदालतवाट पाँच दिनको म्याद थप गरि पुःन प्रहरी हिरासतमै राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरि निरिक्षक बाँनियाले जानकारी दिनुभयो ।
पर्वतमा गत वर्ष ७० वटा सामुदायिक वनमा आगालागी भएको थियो । यस वर्ष पनि गत महिनादेखिनै आगालागीका घटना बढ्न थालेका छन् । हिउँदयाममा हुने अधिकांस आगलागी मानविय लापरबाहीका कारण हुने गरेको पाईएपछि यसपटक दोषीलाई खोजी गरेर कारबाही गर्न थालिएको डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!