गणेश सुवेदी
पर्वत – शिवालय माध्यमिक विद्धालयमा अध्यानरत दृष्टिविहिन विद्धार्थीहरुलाई छात्रावृत्ति वितरण कार्यक्रम कुस्मा पर्वतमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा शिवालय माध्यमिक विद्धालयका प्रधानाध्यापक भुपेन्द्र चापागाइले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा शिवालय माध्यमिक विद्धालयका दृय्टिविहिन स्रोत शिक्षक तथा नेपाल नेत्रहिन संघ गण्डकी प्रदेश सदस्य हरिदत्त शर्माले छात्रावृत्ति पाउदा दृष्टिविहिन विद्धार्थीहरुलाई अध्यानमा सहज हुने कुरा व्यक्त गर्नु भयो सोहि क्रममा उहाँले दृष्टिविहिन विद्धार्थीहरुलाई ब्रेल पुस्तक छाप्ने ब्रेल प्रिन्टर कम्प्युटर नहुदा पठन पाठनमा समस्या परेको बताउनु भयो ।
उक्त कार्यक्रममा सोही विद्धालयमा अध्यानरत विद्धार्थी रुपा रोका मगरले छात्रावृत्ति पाँउदा एकदमै खुशी लागेको कुरा व्यक्त गर्नु भयो सोही क्रममा उहाले कक्षामा फर्निचर कार्पेट लगाएतका सामाग्रिहरुको अभाव रहेको कुरा बताउनु भयो ।
सो कार्यक्रमका प्रमुख अतिथि अक्षयकोषका संरक्षक पुरन गिरिका पिता कलाधर गिरिले १० लाख बरावरको अक्षयकोषको व्याजवाट आउने रकमले शिवालय माध्यमिक विद्धालयमा अध्यानरत १२ जना दृष्टिविहिन विद्धार्थीहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।
सोही क्रममा उहाँले अपाङ्गता भएका विद्धाथीहरुलाई आगामी दिनहरुमा पनि सक्दो सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो । सो कार्यक्रममा एन आर एन ए युके का अक्षयकोष संरक्षक पुरन गिरिले भर्चुअल मार्फत शुभकामना व्यक्त गर्दै दृष्टिविहिन बिद्धार्थीहरुलाई सहयोग गर्न पाउदा आफुलाई एकदमै खुशी लागेको र आगामी दिनहरुमा पनि सक्दो सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो । सो अक्षयकोष २०७४ सालमा एन आर एन ए युके का पुरन गिरिले १० लाख बरावरको अक्षयकोष स्थापना गर्नु भएको थियो ।
सो कार्यक्रमको संचालन शिवालय माध्यमिक विद्धालयका शिक्षक आनन्द पौडेलले गर्नु भएको थियो ।






