पर्वत २५ कात्तिक – नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदम गिरीले जेनजी पुस्ताको आवरणमा व्यक्तिगत र सरकारी निकायमा आगो झोस्नेहरुको नेकपा एमालेले पाई पाई हिसाब लिने चेतावनी दिनुभएको छ ।
नेकपा एमाले कुश्मा नगर कमिटिले मंगलवार कुश्मामा प्रदर्शन गरेको बृहत मोटरसाईकल र्यालीलाई सम्वोधन गर्दै गिरीले जेनजी पुस्ताले राखेका मागहरु राजय भएपनि उनिहरुको आवरणमा सिंहदरवार देखि सरकारी सम्पत्ति र नेताहरुको व्यक्तिगत घर जलाउनेहरुलाई एमालेले छानी छानी कारबाहीको दायरमा ल्याउने बताउनुभयो । काठमाण्डौमा एक/दुई हजारको संख्यामा रहेका जेनजीहरु र पर्वतमा झण्डै एकदुई दर्जनको संख्यामा रहेका समाजवाट बहिस्कृत व्यक्तिहरुको जमातलाई नियन्त्रण गर्न नसक्ने सुरक्षा निकायले के हेरेर बसेको भन्दै गिरी जनतावाट उठाएको राजश्व रकमवाट तलब भत्ता खुवाउनुको कुनै अर्थ नरहेको बताउनुभयो ।
जेनजी पुस्ताकै माग अनुसार केपी ओली नेतृत्वको सरकारले काम गरिरहेको बेला प्रतिकृयावादी शक्तिको उक्साहटमा आज मुलुक ध्वस्त पार्ने काम भैरहेको भन्दै गिरीले घटनामा संलग्नहरुलाई राज्यले कारबाहीको दायरमा ल्याउनुपर्ने बताउनुभयो ।
नेता गिरीले खरानीको बलमा बनेको अहिलेको सरकारले निर्वाचन त टाढाको कुरा हो कुनैपनि सिन्को भाँच्न नसक्ने बताउँदै तत्काल सत्ता छाडेर मार्ग प्रसस्त गर्न चेतावनी दिनुभएको छ । राज्यको सम्पत्ति र व्यक्तिको सुरक्षा गर्न नसक्ने सरकारले कसरी चुनाव गर्न सक्छ ? उहाँले भन्नुएको छ अब संसद पुर्नस्थापनाको विकल्प देखिदैन ।
नेता गिरीले नेकपा एमालेनै यो मुलुकको गणतन्त्र, संविधान र सिंगो मुलुकको रक्ष ागर्ने पार्टी भएको बताउँदै जेनजी पुस्ताको आवरणमा आतंक फैलाउन खोज्नेका बिरुद्ध टोलटोलमा एकजुट भएर परास्त गर्न आग्रह गर्नुभएको छ ।
कुश्मा नगरकमिटिले आयोजना गरेको मोटरसाईकल र्यालीले बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा पुगेर कोण सभामा परिणत भएको हो । कार्यक्रममा नगर कमिटि अध्यक्ष किशोर सापकोटा, सचिब जीतबहादुर विकले पनि बोल्नुभएको थियो । र्यालीमा सयौको संख्यामा मोटरसाईकल र एमाले नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसैगरी फलेवासमा पनि बाईक र्याली सम्पन्न भएको छ । फलेवास–५ पिप्लेवाट शुरु भएको र्यालीले झकलक–मुडिकुवा–राहाले–ढिक–खौला हुँदै पुन पानीट्यांकीमा पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभालाई एमाले गण्डकी प्रदेश उपसचिब मञ्जु अधिकारी, जिला कमिटि अध्यक्ष गोविन्द पहाडी, संविधानसभा सदस्य विकास लम्साल, एमाले युवा नेता पदमपाणी शर्मा लगायतले सम्वोधन गर्नुभएको थियो ।
यसैगरी पैंयू गाउँपालिकामा पनि मोटरसाईकल र्याली सम्पन्न भएको छ भने मोदी, विहादी, जलजला र महाशिलामा कोणसभा सम्पन्न भएको बताईएको छ ।








