कुश्माको ६ नं. वडा कार्यालय स्थानान्तरण, बान्द्रेबेणीको सार्वजनिक भवनबाट सेवा सुरु - News site from Nepal

पर्वत –पर्वतको कुश्मा नगरपालिका वडा नं ६ को कार्यालय स्थानान्तरण, बान्द्रेवेणी चौरमा रहेको सार्वजानिक भवनबाट सेवा शुभराम्भ
पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं ६ को वडा कार्यालय नयाँ स्थानमा स्थानान्तरण भएको छ । वडाकै बगैँचा चोकमा भाडाको कार्यालयबाट सेवा दिदै आइरहेकोमा स्थानिय सेवाप्रदायक सुविधा विस्तार र पहँुच सहज बनाउँन बान्द्रेवेणी चौरमा रहेको सार्वजानिक भवनमा वडा कार्यालय सारिएको हो ।
आज एक कार्यक्रमका विच वडा अध्यक्ष इश्वर गरीले कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले वडा कार्यालय साँघुरो र सेवाग्राहीका लागि असुविधाजनक भएकाले कार्यालय नयाँ स्थानमा सारिएको बताउँनुभयो । उहाँले नयाँ कार्यालयबाट सेवाप्रवाह थप प्रभावकारी हुने र नागरिकले समयमै आवश्यक कागजात तथा अन्य सेवा प्राप्त गर्न सहज हुने बताउँनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ७ का अध्यक्ष पशुराम पुरी, २ का अध्यक्ष लालकृष्ण बास्तोला, नेपाली काँग्रेस पर्वतका पार्टी उपसभापति शिव पौडेल, नेकपा एमाले पर्वतका पार्टी सचिव सुवासचन्द्र पौडेल, सामुदायिक सेवा समाजका अध्यक्ष मानकुमारी गिरी, नेकपा एकिकृत समाजवादीका सचिवालय सदस्य दिपुवाबु गिरी लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।
वडाअध्यक्ष इश्वर गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत वडासदस्य प्रकाश पौडेलले र संचालन वडा सचिव अजिता शर्माले गर्नुभएको थियो कार्यक्रममा स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।
संघिय खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कास्कीले बहुउदेश्य प्रयोजनका लागि उक्त भवन निर्माण गरेको थियो । भाडामा रहेको वडा कार्यालय सरेपछि भाडा तिर्नुपने बाध्यता हटेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!