सक्सेस ल्याङ्ग्‌वेज इन्स्टिच्युटको ७ औं वार्षिकोत्सवमा रक्तदान सम्पन्न - News site from Nepal

पर्वत — पर्वत सदरमुकाम कुश्मामा संचालित सक्सेस ल्याङ्ग्‌वेज इन्स्टिच्युट, पर्वतले आफ्नो ७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशिल इन्स्टिच्युटले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको हो ।
उक्त रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, पर्वतको प्राविधिक सहयोग तथा जापानस्थित सिमा कर्पोरेसनको सहकार्यमा सञ्चालन गरिएको थियो । कार्यक्रम अन्तर्गत ९ जना इच्छुक व्यक्तिहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए ।
सस्थाका अनुसार यस्तो खालको सामाजिक क्रियाकलाप आगामी दिनहरूमा पनि निरन्तर गर्दै लैजाने प्रतिबद्धता जनाइएको छ । सातौ बार्षिकोत्सवको अवसरमा संस्था नयाँ भवनमा समेत सरेको छ । जिल्ला प्रशासन अगाडि आफ्‌नो नयाँ कार्यालय संचालन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!