पर्वत- प्रवासीको आयोजनामा पर्वतको सदरमुकाम कुश्ममा बृहत रक्तदान हुने भएको छ ।
पर्वत समाज कतार र गण्डकी प्रदेश समन्वय परिषदको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पर्वतको प्राविधिक सहयोगमा शनिबार कुश्ममा बृहत रक्तदान हुनेभएको हो ।
`निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत´ भन्ने मुल नारा सहित सन् २००३ मा स्थापना भएको पर्वत समाज कतारले कर्मभुमी कतार संगै गृह जिल्लामा विभिन्न मानवीय एवं सामाजिक सेवाका काम गर्दे आएकोमा पहिलो पटक गृह जिल्लामा रक्तदान गर्न लागिएको सस्थाका अध्यक्ष सन्तोष क्षत्रीले बताउनुभयो। क्षत्रीले कर्मभुमी कतारमा रक्तदान गर्दै आएकोमा यसपटक आफ्नै गृह जिल्लामा रक्तदान जस्तो पुण्यको काम गर्नलागेको भन्दै सबैलाई सहभागी हुन आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष अजय विश्वकर्माले गण्डकी प्रदेश मातहत रहेर कतारमा गठन भएका ९ जिल्लाको छाता सस्थाको रुपमा सन् २०१७ मा गठन भएको सस्थाले कर्मभुमी कतार तथा गण्डकी प्रदेश भित्रका जिल्लामा विभिन्न सामाजिक एवं मानवीय कार्य गर्दे आएको बताउनुभयो। पछिल्लो समय परिषदले रक्तदानलाई प्राथमिकता दिएर कास्की र गोर्खामा रक्तदान गरीसकेको भन्दै म्याग्दीमा शुक्रबार र शनिवार पर्वतमा हुने रक्तदान कार्यक्रममा पनि आयोजक सस्थाको रुपमा सहकार्य गरेको बताउनुभयो ।
कार्यक्रम संयोजक पर्वत समाज कतारका उपाध्यक्ष भिमकान्त शर्माले छोटो समयमा पनि सबै संग सहकार्य गरेर आयोजकको तर्फबाट रक्तदानको लागि तयारी गरिरहेको बताउदै सबैलाई ।






