पर्वत २५ भदौ : जिल्ला कारागार कार्यालय पर्वतमा थुनामा रहेका १९ जना कैदीबन्दी फरार भएका छन् ।
जेनजी युवाहरुको आन्दोलन मंगलवार साँझ अदालतमा पुगेपछि ढोका गेट फोडेर उनिहरु फरार भएका हुन् । कारागार कार्यालयमा रहेका ९९ कैदीबन्दि मध्ये १९ जना भागेर फरार भएको कारागार कार्यालय पर्वतले जनाएको छ । यिनीहरु मध्ये ६ जना कैदी हुन भने बाँकी १३ जना थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पाँच जना सहकारी ठगी, सात जना जवरवस्ती करणी, कर्तव्य ज्यान मुद्धाका दुई जना, चोरी चार र मानव बेचविखन मुद्धाका एक जना फरार भएका हुन् । आन्दलोनकारीको समुह कारागार भित्र प्रवेश गर्दै गेट तोडफोड गरेपछि उनिहरु भाग्न सफल भएक छन् ।
कारागारमा रहेका ९९ कैदीबन्दि मध्ये बाँकी ८० जना भने भित्रै बसेका थिए । जेनजी आन्दोलनका कारण पर्वतमा रहेका सवैजसो राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी, पुर्व मन्त्री पदम गिरीको घरमा आगजनी र शहिद गोविन्दनाथ शर्मा र अमृतप्रसाद जोशीको शालिक तोडफोड गरिएको थियो ।






