विकास र वातवरण बीच समन्वय नहुँदा विपद्जन्य घटना बढ्दै गएकोमा सरोकारवाला चिन्तित - News site from Nepal

पर्वत– विकास र वातवरण बीच तालमेल गरी भुक्षय, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप न्यूनिकरण गर्नका लागि पर्वतका स्थानीय तहका प्रमुखहरु तथा सरोकारवालाहरुसँग छलफल गरिएको छ ।
भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले आज एक समन्वय गोष्ठीको आयोजना गरी छलफल गरेको हो । कार्यक्रममा कार्यालयले आव २०८१/२०८२ को वार्षिक प्रगती समेत सार्वजनिक गरेको छ । यस आर्थिक वर्षमा कार्यालयले भौतिक प्रगती ९१.८० प्रतिशत र समग्र वित्तिय प्रगती ८९.९७ प्रतिशत गरेको कार्यालय प्रमुख शम्भु कुमार मिश्रले जानकारी दिनुभयो ।
मिश्रका अनुसार पर्वत जिल्लामा हरेक वर्ष भुक्ष्य भैरेहकोमा सवै सचेतहुने वेला आएको वताउनु भयो । उहाले वर्षेनी पर्वत जिल्लाको उर्वरा माटो ३ लाख ५० हजार ३ सय ४३ टन भुक्ष्यका कारण वगेर जाने गरेको तथ्यांक रहेको जानकारी गराउनुभयो ।
समन्वय गोष्ठीमा पर्वतका सवै पालिकाले भु क्षय न्यूनिकरणमा जोड दिनुपर्ने ,स्थानिय श्रोत साधनको प्रयोग गरि पहिरो,गल्छीमा वृक्षरोपर्ण गर्नुपर्ने ,कम खर्चिलो प्रविधीहरु व्रस लेयारिंग, वासको छेकावाध जस्ता कार्यहरु गरि पहिरो नियन्त्रण गर्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमा स्थानिय तहमा भुसंरक्षण प्रविधी हस्तान्तरण, वायो इन्जि कार्यक्रमका लागि तालिम संचालन भू संरक्षण तथा जलाधार व्यवस्थापनमा नविन प्रविधी विकास र प्रयोग तथा जलाधार क्षेत्रको पहिचान तथा प्राथमिकिकरण भावी योजनामा समावेश गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।
भु क्षय न्युनिकरणमा फसाईन, वाटलिङ्ग, व्रस लेअरिङ्ग, बाँस रोपण, जैविक वारख, घा“स रोपण जस्ता प्रविधी अपनाउन कार्यालयको अनुरोध छ ।
कार्यक्रममा वोल्दै जिल्ला समन्वय प्रमुख विष्णुराम विकले योजना कार्यन्वयन गर्दा सवै पालिकाले वातवरण प्रभाव मुल्यांकन गर्नुपर्ने मा जोड दिनुभयो । भुक्ष्य न्यूनिकरणका लागी भु तथा जलधार व्यवस्थापन कार्यालय संग समन्वय गरि कार्याक्रम संचालन गर्दा प्रभावकारी हुने भएकोले कम लागत र स्थानिय श्रोतको उपभोग गरि भू क्षय न्यूनिकरणका कार्यक्रम कार्यन्वयन गर्न उहाले आग्रह गर्नूभयो ।


कार्यक्रमा महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरीप्रसाद भुसाल, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, नेपाली कांग्रेस पर्वतका उपसभापती शिवप्रसाद सुवेदी, नेकपा माओेवादी केन्द्र पर्वतका संयोजक उमाकान्त भुर्तेल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका पर्वतका उपप्रमुख सोम बहादु जिसी, फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्री, महाशिला गाउँपालिका उपाध्यक्ष धनकुमारी विक, पैंयूँगाउपालिका उपाध्यक्ष यमकुमारी राना, क्षेत्री लगायत पर्वतका सरकारी कार्यालयका प्रमुखहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
भु तथा जलधार व्यवस्थापन कार्यालयमा यस वर्ष एक सय ८३ वटा योजना रहेकोमा १ सय ६८ वटा योजना सम्पन्न भएका छन् । योजना कार्यन्वयनमा प्रदेश सरकारको ९करोड २८ लाख ९६ हजार र संघको रु १ करोड २९ लाख वजेट रहेकोमा प्रदेश तर्फको वजेटमा ८८.१३ प्रतिशत र संघ तर्फको वजेटमा ८८.४४ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।
यस वर्ष गल्छीरपहिरो नियन्त्रण, वस्तीरवजार संरक्षण, तालरपोखरी संरक्षण ,
वार्षिक कार्यक्रम र वजेट केन्द्र र प्रदेश वाटै तोकिएर आउनेहुदा वास्तविक समस्यमा परेकाहरुलाई सम्वोधन गर्न नसकिएको कार्यालय प्रमुख मिश्रको भनाइ रहेको छ । कार्यालयमा छुटै किसिमको वजेट छैन आकष्मिक समस्या परेर आउने लाई सहयोग गर्न अप्ठ्यारो छ उहाले भन्नुभयो ।
कार्यक्रमा कार्यालय वाट सिफारिस भएका योजना भन्दा माथी वाटै योजना आउने चलनले वास्तविक समस्यमा परेकाहरु पिडामा रहेको सहभागीहरुले गुनासो गरे

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!