पर्वत – पर्वत समाज जापानको अध्यक्षमा राम बास्तोला चयन हुनुभएको छ । हालै सम्पन्न आठौँ अधिवेशनले राम बास्तोलालाई आगामी दुई बर्षीय कार्यकाललाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्ष मुक्तिराज रेग्मी, उपाध्यक्षहरुमा जीवन गुरुङ, अनिल पन्त, राजेन्द्र शर्मा, सुमन सुवेदी, अर्जुन तिवारी, रामकृष्ण शर्मा र रमेश राज जैसी रहनुभएको छ । यसैगरी महासचिवमा बिमल न्यौपाने, सचिवमा अर्जुन थापा र उमेश लामिछाने , महिला सचिबमा मनिषा पौडेल रिमाल तथा कोषाध्यक्षमा नवराज आचार्य रहनुभएको छ । यसैगरी सह कोषाध्यक्षमा बालकृष्ण रिजाल र महिला कोषाध्यक्षमा राधिका रेग्मी रहनुभएको छ ।
३६ सदस्यीय कार्यसमितिको युवा संयोजकमा सुरज भुसाल, खेलकुद र्सयोजकमा अभिषेक गुरुङ, प्रवक्तामा बिनोद न्यौपाने, महिला संयोजकमा मेरिता श्रेष्ठ रहनुभएको छ ।
यसैगरी समितिका सदस्यहरुमा भाेजराज भुसाल , शंकर भुसााल, रेशम जिसी, सागर गुरुङ, हरि पंगिनी, सन्तोष बास्तोला, शंकर न्यौपाने, मिलन पौडेल, मोहनबहादुर सुवेदी, कमल बहादुर क्षेत्री, बसन्तराज पन्त, शिव रेग्मी, दिपक न्यौपाने, भट्टराज न्यौपाने, अर्जुन बस्याल, यमप्रसाद भुसाल रहनुभएको छ ।
सर्वसम्मत नवगठित समितिलाई बधाई तथा शुभकामना दिदै निवर्तमान अध्यक्ष सुबास लामिछानेले समाजको आयाम र आकार बढेको बताउनुभयो । लामिछानेले प्रवासमा गठित यस्ता समाजले समाजिक सहयोग र भातृत्व ल्याउने बताउनुभयो ।
पर्वत समाज जापानले प्रवासमा रहेका नेपाली र गृह जिल्ला पर्वतमा समेत शैक्षिक तथा सामाजिक काममा आर्थिक सहयोग गर्दै आएको छ ।






