राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतमा सुवेदी - News site from Nepal
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतमा सुवेदी

पर्वत– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
शनिवार कुश्मामा सम्पन्न २१ औँ साधारण सभा तथा सातौ जिल्ला अधिवेशनवाट सुवेदीको अध्यक्षतामा २२ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको हो ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा सुदिप क्षेत्री, द्धितिय उपाध्यक्षमा मन्जु विक, महिला उपाध्यक्षमा सावित्रि शर्मा सानु, सचिबमा बसन्त बास्तोला, कोषाध्यक्षमा देवी परियार, सहकोषाध्यक्षमा शोभा रिमाल रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा कृष्ण कँडेल, सचिना कुमारी शर्मा, शिव पौडेल, शोभा परियार, प्रकाश पौडेल, शिव पुरी, अप्सन विश्वकर्मा, सफल परियार, गणेश पौडेल, सागर नेपाली, समिर रामदाम, निलम सुनार, सलिना गुरुङ र आश्मिक परियार रहनुभएको छ ।
यस अघि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले लोक संगितको विकासका लागि सवै कलाकारहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!