पैँयूँ गाउँपालिकाबाट कर र जरिवानामा विशेष छुटको घोषणा - News site from Nepal
पैँयूँ गाउँपालिकाबाट कर र जरिवानामा विशेष छुटको घोषणा

हुवास, पर्वत – पैँयूँ गाउँपालिकाले हालको आर्थिक मन्दी, व्यापार व्यवसायमा देखिएको मन्दता र करदाताहरूको सहजतालाई मध्यनजर गर्दै, चालु आर्थिक वर्षको सुरुवाती तीन महिनाका लागि कर तथा जरिवानामा विशेष छुट दिने निर्णय गरेको छ।

गाउँपालिकाको आर्थिक ऐन, २०७८ को दफा १४ बमोजिम व्यवसाय कर, सम्पत्ति कर, सवारी साधन कर, भूमिकर लगायतका करहरूमा १० प्रतिशतसम्म छुट प्रदान गरिने छ। साथै, कर समयमा नबुझाएको अवस्थामा लाग्ने जरिवानामा समेत २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

गाउँपालिकाले तोकिएको समयभित्र कर तिरेर छुटको लाभ लिन सबै करदातालाई अनुरोध गरेको छ। साथै, कर सम्बन्धी सम्पूर्ण विवरण र जानकारीका लागि सरोकारवाला कार्यालय वा सम्बन्धित कर्मचारीसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

यो निर्णयले व्यापारी, साना तथा ठूला व्यवसायी, र आम नागरिकहरूलाई केही राहत दिने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!