पैंयू गाउँपालिकाले व्यावसाय र भूमिकरमा दश प्रतिशत छुट दिने  - News site from Nepal
पर्वत– दक्षिण पर्वतको पैंयू गाउँपालिकाले पालिकाभित्रका व्यावसायी र जग्गाधनीहरुलाई व्यावसाय कर र भूमिकरमा छुट दिने भएको छ ।
पैंयू गाउँपालिकाको कार्यपालिका बैठकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाभित्र व्यावसाय कर र भूमिकर भुक्तानी गर्ने सेवाग्राहीलाई दश प्रतिशत छुट दिने भएको हो । त्यसैगरी विगतका वर्षहरुदेखिनै कर दायरामा नआएका तथा नविकरण नगरि व्यावसाय संचालन गरेकाहरुलाई आर्थिक वर्ष २०८१/०८२ अघिको बिलम्ब शुल्कमा २० प्रतिशत छुट दिने समेत निर्णय गरेको छ ।
गाउँपालिकाबासीलाई राजश्व भुक्तानीका लागि सहज बनाउने र कर तिर्नु नागरिकको दायित्व हो भन्ने अनुभुति दिलाई यसतर्फ आकर्षण बढाउनका लागि छुट सुविधा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी राजले जानकारी दिनुभयो । उहाँका अनुसार अगामी असोज मसान्त भित्र पालिका तथा सात वटै वडा कार्यालयवाट जुनसुकै कर भुक्तानी गर्ने सेवाग्राहीहरुलाई उक्त छुट प्रदान गरिने भएको हो ।
अध्यक्ष ठकुरीका अनुसार असोज मसान्त पछि भने पुरानै पद्धति अनुसार तिर्नुपर्ने हुन्छ । उहाँले सम्पुर्ण पालिकाबासीहरुलाई समयमै कर भुक्तानी गरि पालिकाले दिएको छुट सुविधा लिन आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!