पर्वत, २६ जेठ : मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ दोविल्लामा सोमवार दिउँसो बस र ट्रक ठोक्किदा १२ जना यात्रु घाईते भएका छन् ।
म्याग्दीको बेनीवाट पोखरातर्फ जाँदै गरेको ग२ख १०६६ नम्वरको बस र पोखरादेखि पर्वतको कुश्मातर्फ आउँदैगरेको प्रदेश–२–०३००१ ख १३८२ नम्वरको ट्रक ठोक्किदा बसमा सवार १२ जना घाईते भएका हुन् । घाईतेहरुको प्रदेश अस्पताल पर्वतमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
प्रहरी निरिक्षक सापकोटाका अनुसार घाईते हुनेमा बागलुङको जैमिनी ४ का बस चालक ४८ वर्षिय रामबहादुर नेपाली, म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नं. १ का ५५ वर्षिय हरि पुर्जा, म्याग्दीको मंगला गाउँपलिका ५ क ५४ वर्षिय पशुपती सुनार, सोहि ठाउँका ५० वर्षिय चन्द्रबहादुर सुनार रहेका छन् ।
यसैगरी म्याग्दीको मालिका गाउँपालिका वडा नं. ५ का ३३ वर्षिय धर्मलाल बोहोरा, कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ का १८ वर्षिय नविन थापा, सोहि ठाउँका ४७ वर्षिय टकबहादुर थापा, म्याग्दीको मंगला गाउँपालिका वडा नं. ५का ५० वर्षिय डिलबहादुर सुनार, कास्कीको पोखरा महानगरपालिका वडा नं. १३ का ५२ वर्षिय ताममाया श्रेष्ठ, सोहि ठाउँका ४२ वर्षिय एकनारायण श्रेष्ठ, दाङ जिल्लाको घोराही नगरपालिका वडा नं. १३ का ४५ वर्षिया डिलमाया पुन र सोहि ठाएँका ६२ वर्षिया कल्पना बुढा रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ । ट्रक चालक श्रीराम सुनार प्रहरीको नियन्त्रणमा रहेका छन् ।






