पर्वतको पाङराङका खेलाडी आन्दोलित, फलेवासका मेयर तिवारीको पुत्ला दहन - News site from Nepal

पर्वत, २७ चैत : पर्वत फलेवास नगरपालिका वडा नं. ११ पाङराङका खेलाडी युवाहरु आन्दोलित बनेका छन् ।

चैत २४ गतेदेखि २६ गतेसम्म सम्पन्न तेस्रो मेयर कप भलिबलमा धादली भएको भन्दै खेलाडीहरु आन्दोलित बनेका हुन् । खेलाडीहरुले बुधवार दिउँसो फलेवास नगरपालिका मेयर गंगाधर तिवारीको पुत्ला दहन गरेका छन् । खेलाडी तथा युवाहरुकोसमुहले नगरपालिकाको कार्यालयमा पुगेर नारा जुलुस गर्नुका साथै नगरप्रमुख तिवारीको पुत्ला दहन गरेका हुन् ।

नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर कपमा संचालित भलिबल प्रतियोतिाको क्रममा पाङराङका खेलाडीमाथी आक्रमण गरी घाईते बनाएको घटनाप्रति नगरप्रमुखले वेवास्ता गर्नुका साथै गैर जिम्मेवार पन देखाएको भन्दै नगरप्रमुख तिवारीको पुत्ला दहन गरिएको खेलाडी अनुज कुवँरले जानकारी दिनुभयो ।

घटना घटेको ४८ घण्टासम्म दोषिलाई कारबाही नहुनु, सुरक्षा संयन्त्र लगायत सम्पुर्ण सुरक्षा प्रशासनले समेत वेवास्ता गरेको भन्दै आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ । खेलाडीहरुलाई सामान्य सुरक्षाको प्रत्याभूति दिलाउन नसक्नु, घटनाको जिम्मेवारी नलिनु जस्ता हर्कत देखिएका कारण बाध्य भएर पुत्ला दहन गर्नुपरेको कुवँरले बताउनुभयो ।

उहाँले सौहार्न्दपूर्ण रुपमा संचालन गर्नुपर्ने खेलमा एकपक्षिय रुपमा जानकारी नगराई प्रतियोगिताको नतिजा घोषणा गर्नु जस्ता कार्य गरिएको बताउनुभयो । उनीहरुले नगरप्रमुख तिवारी सहित खानीगाउँका वडा अध्यक्ष नारायणप्रसाद लामिछाने बिरुद्ध पनि नारा जुलुस गरेका थिए ।

पुत्ला दहन सहित नारा जुलुस गरेपछि युवाहरुले नगर प्रमुखलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । उनीहरुले घटनाको जिम्मेवारी लिई कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने, पिडितलाई क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने, विवादित खेल पुन संचालन गर्नुपर्ने, वडा भन्दा बाहिरका खेलाडी खेलाएको भन्दै वडा नम्वर १० कुर्घाका वडा अध्यक्ष र सचिवलाई कार्बाही हुनुपर्ने र खेलाडि माथि हमला र कुटपिट गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्‌दै नगरप्रमुख तिवारीले खेलाडीहरुबीचमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

युवाहरुको आन्दोलनले दिनभर नगरपालिकाका कामकाज प्रभावित बनेका थिए भने बाँक्लो सुरक्षा संयन्त्र परिचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!