लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
विभिन्न कार्यक्रम सहित पर्वतमा अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो - News site from Nepal

पर्वत, २४ फागुन : ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस पर्वतमा विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
सामाजिक विकास कार्यालय पर्वतको आर्थिक सहयोग र महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल पर्वतको आयोजनामा उत्कृष्ट महिला उद्यमी तथा स्वास्थ्यकर्मी सम्मान, सुत्केरी आमाहरुलाई पौष्टिक आहारा वितरण तथा पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएकोे छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै जिल्ला समन्व्य समिति पर्वतका प्रमुख विष्णुराम विकले नेपालको संविधानले महिलाहरुको अधिकारलाई पुर्ण रुपमा प्रत्यायोजन गरेको बताउनुभयो । महिलाहरु संविधानले दिएका हकअधिकार लिनका लागि एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । राज्यका हरेक निकायहरुमा महिलाहरुको समान अधिकार रहेको बताउँदै अब शशक्तिकरणमा जोड दिनुपर्ने उहाँको भनाई छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, प्रहरी नायब उपरिक्षक रविन विष्ट, पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरी, जिल्ल अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला, सामाजिक विकास कार्यालय पर्वतका प्रमुख गोविन्द पौडेल, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष माया अधिकारी, सम्मानित हुनुभएकी जिल्ला प्रहरी कार्यालयकी महिला सेल प्रमुख पुर्णिमा थापा, सावित्री खत्री  लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट महिला प्रहरी पुर्णिमा थापा, उत्कृष्ट स्वास्थ्यकर्मीको तर्फवाट सरस्वती बराल र महिला मनवअधिकरा रक्षकको सञ्जाल पर्वतकी पुर्व अध्यक्ष माया अधिकारी, उद्यमीको तर्फवाट कृषि उद्यमी सावित्रा खत्री, पाउरोटी उद्योगी यामकुमारी अधिकारी भगवती, मौरीपालन व्यावायसी मायादेवी पौडेललाई नगद सहित सम्मान गरिएको थियो ।
महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल पर्वतका अध्यक्ष सरिता भण्डारी सरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सीत देवकाेटा र संचालन सचिब सिता केसीले गर्नुभएको थियो ।
सो अवसरमा अस्पतालका बिरामीहरुलाई फलफुलत वितरण र महिलाहरुमा हुने विभिन्न रोगको परिक्षण समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!