पर्वत युवा संघमा थापाकै नेतृत्वमा आयोजक कमिटि, समस्या समाधानको जिम्मा भण्डारी र गिरीलाई - News site from Nepal

पर्वत– नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतमा देखिएको बिबाद समाधान गरी तोकिएकै समयसिमाभित्र अधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटिले सर्कुलर जारी गरेको छ ।
केन्द्रीय कमिटिको हालै सम्पन्न बैठकले पर्वत युवा संघमा देखिएको विवाद समाधान गरी अधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिका सचिब मदन भण्डारी र केन्द्रीय निर्वाचन आयोजका संयोजक मदन गिरीलाई जिम्मेवारी दिएको हो ।
केन्द्रीय कमिटिले बिबाद उत्पन्न भएको वैशाख २४ गते अगावैको बिनोद थापा नेतृत्वको कमिटिलाई नै अधिवेशन आयोजक कमिटिको रुपमा कायम गर्ने निर्णय समेत गरेको छ । अब थापा नेतृत्वकै जिल्ला कमिटिले अधिवेशन आयोजना गर्ने भएको छ ।
यसैगरी बैठकले वैशाख २४गते एमाले पर्वतको कार्यालयमा भएको झडपमा परी घाईते भएका युवासंघका पुर्व नेता तथा एमाले गण्डकी प्रदेश सदस्य अर्जुन पौडेल निर्जनमाथि भएको सांघातिक आक्रमण घटनाको पुर्ण विवरण सहितको प्रतिवेदन केन्द्रलाई १५ दिनभित्र बुझाउन र सो बमोजिम घटनामा संलग्न दोषीउपर कारबाही प्रकृयाा अघि बढाउने निर्णय समेत गरेको छ ।
गत वैशाख २४ गते जिल्ला कमिटिको बलमा आयोजना गरिएको विस्तारित भेलामा झडप हुँदा निर्जन गम्भीर घाईते हुनुभएको थियो भने युर्थ फोर्स अध्ययक्ष भरत सुवेदी र जिल्ला कमिटि अध्यक्ष गोविन्द पहाडी समेत सामान्य घाईते हुनुभएको थियो ।
बिबादका बीच नयाँ बनाईएको भनिएको  कमिटिले जिल्लालाई चलायमान बनाउन र संगठनात्मक गतिविधि संचालन गर्न नसक्ने भएकाले पुरानै कमिटिलाई निरन्तरता दिईएको सर्कुलरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!