पर्वत– कुश्माका युवा ब्यावसायी प्रकाश शर्माले गुप्तेश्वर बेदबेदांग पाठशालामा खाद्यान्न सहयोग गरेका छन् ।
जन्मदिनको अवसरमा गरिने अन्य फजुल खर्च कटौती गर्दै पाठशालामा अध्ययन गर्ने बटुकहरुको लागि खाद्यान्न सहयोग गर्नुभएको हो । चामल, तेल, दाल, चिनी, दही, मसला लगायतका विभिन्न प्रकारका खाद्यान्न सहयोग गरिएको उहाँले बताउनुभयो ।

उक्त खाद्यान्न पाठशालाका व्यवस्थापन समितिका अध्यक्ष, प्रद्यानाध्यापक, प्राचार्य लगायत बटुकहरुलाई संयुक्त रुपमा हस्तान्तरण गर्दै प्रकाशले बटुकहरुलाई टिकाटाला सहित दान दक्षिणा समेत गर्नुभएको थियो । जन्मदिनमा विभिन्न भोज भतेरको नाममा हुने फजुल खर्चलाई कटौती गरेर सामाजिक कार्यमा सहयोग गर्दा पुण्य प्राप्त हुने सोचेर सहयोग गरेको प्रकाशले बताउनुभयो । सहयोग हस्तान्तरणमा प्रकाशका बाबु ओमप्रसाद उपाध्याय, आमा लक्ष्मी उपाध्याय लगायतको सहभागिता रहेको थियो ।
लामो समय काठमाण्डौमा व्यावसाय गर्दै आएका प्रकाश शर्मा अमेरिका जाने तयारीमा रहनुभएको छ ।





