पर्वत २१ फागुन : पर्वतको विहादी गाउँपालिकामा बुधवार विहान भएको बोलेरो जीप दुर्घटनामा दुई परी जनाको मृत्यु भएके छ । सात जना घाईते भएको छन् ।
गुल्मीको कालीगण्डकी गाउँपालिका स्थित पुर्तिघाटवाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु १ ज ४४६० नम्वरको जीप विहादी गाउँपालिका वडा नं. ६ लिदिमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा पर्वतको बिहादी गाउँपालिका वडा नं. ३ रानीपानीका ६१ बर्षिय मिनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं. ४ पुर्तिघाटकी ६४ वर्षिया डिलकुमारी भट्टचन रहेकी छिन् । दुर्घटनामा परी घाईते भएका ६ जनालाई उपचारका लागि पाल्पा लगिएको छ भने एक बालक सामान्य घाईते भई स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो ।
तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाईतेहरुको पहिचान खुलिनसकेको र घटनाको थप अनुसन्धान भैरहेको डिएसपि विष्टले जानकारी दिनुभयो ।






