रामचन्द्र भुसाल
फलेवास- पर्वतको फलेवास नगरपालिका ६, देवीस्थानमा अवस्थित शिशु निकेतन सामुदायिक आधारभुत विद्यालयले आफ्नो १८ औँ वार्षिकोत्सव दिवस मनाएको छ । सोमबार विविध कार्यक्रमको साथमा विद्यालयले उत्सव सम्पन्न गरेको हो ।
फलेवास नगरपालिकाकै उत्कृष्ट विद्यालयको रुपमा उपमा पाएको उक्त विद्यालयले कक्षा ५ सम्म पठनपाठन सञ्चालन गर्दै आएको छ । शिशु निकेतन आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले विगतका धेरै वर्ष अगावैदेखि नेपालका उत्कृष्ट विद्यलय बुढानिलकण्ठ र गण्डकी बोर्डिङ स्क्ुलमा छात्रावृत्तीमा नाम नकाल्दै आएका छन् ।
कार्यक्रममा फलेवास नगरपालिकका नगरप्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद आचार्य, वडा नम्बर ६, देवीस्थानका वडाध्यक्ष नविन कुमार श्रेष्ठ, विविन्न विद्यालयका शिक्षक तथा अभिभावक, समाजसेवी, पूर्व विद्यार्थी लगायको उल्लेखनिय सहभागिता रहेको थियो । आज १६ औँ वार्षिकोत्सव दिवसको अवसरमा विद्यालयमा गरीएका विभिन्न कार्यक्रमहरुमा विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण, छात्रवृत्ति वितरण गरीनुका साथै नगरपालिकामा भर्खरै नियुक्त हुनुभएका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद आचार्यलाई सम्मान गरीएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न शिर्षकमा आधारीत रहँदै आफ्ना भनाईहरु व्यक्त गरेका थिए । भने कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न शिक्षकहरुले भजन प्रस्तुत गर्नुका साथै विद्यार्थीहरुले विभिन्न नाचगानका साँस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिषचन्द्र पौड्यालले प्रगति प्रतिवेदन प्रस्तत गर्दै विद्यालयको समग्र अवस्थाबारे पुर्णरुपमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमखु गंगाधर तिवारी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद आचार्य, वडा नम्बर ६ देखिस्थानका वडाध्यक्ष नवीन कुमार श्रेष्ठ, भवानि विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार रेग्मी, फलेवास मोडेल अंगेजी आवासीय माध्यमकि विद्यालयका प्रिन्सिपल नेत्र बराल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख तिवारीले नगरपालिकाकै इज्जत बोकेको शिशु निकेतन भन्दै विद्यालयको उच्च प्रशंसा गर्नुभएको थियो ।
नमुना विद्यालय बनाउन अहोरात्र खटिनुहुने शिक्षकहरु र इमान्दार अभिभावक तथा विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापमा सधैँ सक्रिय रहन आग्रह गर्दै नगरले विद्यालयलाई हरपल सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक सुरज पौडेलले गर्नुभएको थियो ।






