पर्वतको लेकफाँटमा ट्याक्टर दुर्घटना, एक जनाको घटनास्थमै मृत्यु  - News site from Nepal
पर्वत, १९ चैत : पर्वतको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँटमा मंगलवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी १५ वर्षिय एक किशोरको घटनास्थलमै ज्यान गएको छ ।
दुर्घटनामा परी जलजला गाउँपालिका वडा नं. ५ गिद्धेश्वरका १५ वर्षिय रोशन परियारको घटनास्थलमै मृत्यु भएको हो । भने ट्याक्टर चालक सोहि स्थानका २० वर्षिय अनिल रेग्मीको अवस्था गम्भीर रहेको छ ।
लेखफाँटको गिद्धेश्वरवाट गैरीगाउँतर्फ जाँदै गरेको ग १ त २२६० नम्वरको खाली ट्याक्टर सडकदेखि एक सय मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । घाईते रेग्मीलाई थप उपचारका लागि प्रदेश अस्पताल म्याग्दी पठाईएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
घटनाको बारेमा वारीबेनी प्रहरी चौकीवाट पुगेको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको सापकोटाले बताउनुभयो । चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!