ठुलीपोखरीमा संचालित निःशुल्क आँखा शिविरमा तीन सय बढिको उपचार - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा एक दिने निःशुल्क आँखा जाच शिविर सम्पन्न भएको छ ।
ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा तीन सय ९ जना आँखाका बिरामीहरुको परिक्षण गरिएको छ । जस मध्ये १९ जनामा मोतीयाबिन्दु देखिएको छ । उनिहरुलाई माघ २९ गतेदेखि फागुन १ गतेसम्म पर्वत अस्पतालमा संचालन हुने मोतीयाबिन्दुको निःशुल्क अप्रेसन शिविरमा रिफर गरिएको कुश्मा नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष झलक रिमालले जानकारी दिनुभयो ।
शिविरमा ठुलीपोखरीसँगै पिपलटारी, खौलालाकुरी, कार्कीनेटा, थापाठाना लगायतका वडाका बिरामीहरु परिक्षणका लागि आएका थिए । वडा अध्यक्ष रिमालको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत नेत्र पौडेलले गर्नुभएको थियो ।
यसैबीच यहि माघ, २० देखि फागुन १ गतेसम्म कुश्मामा बृहत आँखा जाँच तथा मोतीयाबिन्दुको शल्यक्रिया शिविर संचालन हुँदैछ । हिमालय आँखा अस्पताल पोखरा र प्रदेश अस्पताल पर्वतको प्राविधिक सहयोग तथा पर्वतका स्थानीय लायन्स क्लवबहरुको आयोजनामा तीन दिने शिविर संचालन गर्न लागिएको हो ।
जिल्लामा आँखा उपचारको राम्रो अस्पताल नभएकाले शल्यक्रिया सहितको शिविर संचालन गर्न थालिएको अस्पतालका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!