सत्ताईस वर्षदेखि फरार कर्तब्य ज्यान मुद्धाकी प्रतिवादी पक्राउ - News site from Nepal

पर्वत– जिल्ला प्रहरी कार्यालय पर्वतले विगत २७ वर्षदेखि फरार अवस्थामा रहेकी एक कर्तब्य ज्यान मुद्धाकी प्रतिवादीलाई पक्राउ गरेको छ ।
वि.सं. २०५४ जेठ २० गते १९ बर्ष ११ महिना ११ दिन कैद फैसला भई फरार रहेकी पर्वतको फलेवास नगरपालिका वडा नं. २ थापाठानाकी ६३ वर्षिया पार्वती आचार्य पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले रुपन्देही जिल्लाको कन्चन गाउँपालिका वडा नं. ०१ स्थित लौसा भन्ने स्थानवाट मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक रविन विष्टले जानकारी दिनुभयो ।
लौसामा लुकीछिपी बसिरहेको अबस्थामा फेला पारिएको उहाँले बताउनुभयो । उनलाई शुक्रवार पर्वत जिल्ला अदालतमा उपस्थित गराईएकोमा अदालतको आदेशले कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!