वन डढेलो नियन्त्रणका लागि पर्वतमा विशेष तयारी शुरु - News site from Nepal
वन डढेलो नियन्त्रणका लागि पर्वतमा विशेष तयारी शुरु
पर्वत, १७ पुस । हिउँदयाममा हुने वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि पर्वतमा विशेष तयारी थालिएको छ ।
हरेक वर्षको हिउँदयाममा हुने आगालागीवाट ठुलो क्षेत्रफलमा बनजंगल बिनास हुँदै आएको छ । यस वर्ष वनजंगलमा हुने आगालागीलाई पुर्ण रुपमा नियन्त्रण गर्नका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्न थालिएको हो । पर्वतमा पुदेखि जेठ महिनासम्म वनमा आगालागी हुने गर्दछ । आगालागीको सिजन शुरु हुनैलाग्दा जिल्लामा गठित र्‍यापिड रेस्पोन्स टिम सक्रिय हुन थालेको हो ।
बुधवार सम्पन्न र्‍यापिड रेस्पोन्स टिमको वैठकले आगालागी र डढेलोलाई नियन्त्रण गर्नका लागि तीनवटा निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लाका विभिन्न पालिकामा रहेका सव डिभिजन वन कार्यालय मातहत रहेका र्‍यापिड रेस्पोन्स टिमलाई सक्रिय बनाउने, वन क्षेत्र र बस्ती तथा सार्वजनिक जग्गाबीचको क्षेत्रमा सरसफाई गर्ने निर्णय गरेको छ । यसैगरी स्थानीय तह र सुरक्षा निकायबीच डढेलो नियन्त्रणका लािग कार्ययोजना बनाउने निर्णय भएको डिभिजन वन कार्यालय पर्वतका सहायक वन अधिकृत रामबहादुर विकले बताउनुभयो ।
उहाँका अनुसार डढेलोवाट वनजंगल जोगाउनका लागि जिल्लाका सातवटै पालिकामा समिति बनाएर परिचालन गरिने भएको छ । उक्त र्‍यापिड रेस्पोन्स टिमले तत्काल योजना बनाएर आगलागी नियन्त्रणका लागि काम थाल्नेगरी व्यवस्थापन गरिने भएको छ । यसमा शसस्त्र प्रहरी वललाई मुख्य रुपमा परिचालन गरिने भएको छ ।
बैठकमा डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाले हिउदयाममा हुने आगालागीका घटनावाट वनजंगल बिनास रोक्नका लागि सवैको सक्रियता आवश्यक पर्ने बताउनुभयो । उहाँले उपभोक्ता, स्थानीय तहका जनप्रतिनिधि  सुरक्षा निकाय र अन्य सरोकारवालाहरुले आगलागी नियन्त्रणका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले वनजंगल व्यवस्थापन र नियन्त्रणमा प्रदेश सरकारले बनाएको नीति र कानूनका बारेमा समेत जानकारी गराउनुभयो ।
पर्वतमा गत वर्ष झण्डै २ हजार हेक्टर बनक्षेत्रमा डढेलोले क्षति पुगेको थियो । जनजंगल कटनी छटनी, सरसफाई, अग्निरेखा निर्माण, समुदाय स्तरमा जनचेतना, सञ्चार माद्याम मार्फत विभिन्न जनचेतनामुलक सामाग्री प्रकाशन प्रशारण लगायतका गतिविधि समेत संचालन गरिने भएको छ । अग्नि नियन्त्रणका लागि यस वर्ष प्राप्त भएको बजेटलाई अधिकतम मात्रामा उपयोग गरिने कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।
कार्यक्रममा सभागि स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले आ–आफ्‌ना पालिका भित्रको वनजंगल संरक्षण र व्यवस्थापनका लागि आवश्यक तयारीहरु थाल्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । वन डढेलो नियन्त्रणका लागि पालिका स्तरीय कार्ययोजना निर्माण, आश्यक उपकरणहरु खरिद र अन्य व्यवस्थापनका लागि बजेट बिनीयोजन गर्ने उहाँहरुको प्रतिवद्धता रहेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, नेपाली काँग्रेसका उपसभापति डा. चुडामणी शर्मा, नेकपा एमालेका सचिब सुवासचन्द्र पौडेल, पत्रकार महासंघका अध्यक्ष लक्ष्मण सापकोटाले वन क्षेत्रप्रति उपभोक्ताहरुको निराशा बढ्दै गएको बताउनुभयो । बनजंगलको पर्याप्त मात्रामा उपभोग गर्न र आवश्यक काठदाउरा प्रयोग गर्नका लागि सहज नीति बनाउन सकेमा वन संरक्षणमा उपभोक्ताहरु सक्रिय हुने उहाँहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!