एमाले कुश्मा नगर कमिटिको अध्यक्षमा सापकोटा  - News site from Nepal
एमाले कुश्मा नगर कमिटिको अध्यक्षमा सापकोटा 
पर्वत- नेकपा एमाले कुश्मा नगरकमिटिको अध्यक्षमा किशोर सापकोटा सर्वसम्मत चयन हुनुभएको छ ।
नगर कमिटिको दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा ६५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । नगर कमिटिको उपाध्यक्षमा गणेश पौडेल, सचिबमा जितबहादुर विक, उपसचिबमा स्वस्थानी रिजाल र कृष्णप्रसाद शर्मा चयन हुनुभएको हो ।
यस वाहेक भुगोल र अन्य तर्फका सवै सदस्यहरु प्नि निर्विरोध रुपमा चयन गरिएको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज पदम गिरीको संयोजकत्वमा रहेको अध्यक्ष मण्डलले लामो समयको प्रयासपछि सर्वसम्मत रुपमा कमिटिको घोषणा गरेको हो । यस अघि अध्यक्ष सापकोटा र उपाध्यक्ष पौडेल दुवै अध्यक्षका आकांक्षी देखिएपनि सवैलाई एक एक स्थान बढुवा गर्दै सर्वसम्मत कमिटि घोषणा गरिएको अध्यक्ष मण्डलले जनाएको छ । त्यस्तै नगर लेखा कमिटिको अध्यक्षमा जनकराज पौडेल चयन हुनुभएको छ । अध्यक्षमा चयन भएपछि सापकोटाले नगरकमिटिलाई सक्रिय बनाएर लैजाने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले नेकपा एमालेलाई मुलुकको पहिलो शक्तिको रुपमा विकास गर्नका लागि नगरका १४ वटै वडा कमिटिलाई समेटेर आम कार्यताहरुको भावना अुनसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!