पर्वत- महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको मोदी गाउँपालिकामा खुल्ला तीज गित प्रतियोगिता हुने भएको छ ।
धर्मसंस्कृतिको जगेर्ना सँगै महिलाहरुको क्षमताका विकासका लागि मोदी गाउँपालिकाले पालिका स्तरीय प्रतियोगिता आयोजना गरेको हो । यहि भदौ १९ गते बुधवार हुने प्रतियोगितामा गाउँपालिकाका ८ वटै वडाका महिला समुह, सहकारी, आमा समुह, महिला उद्यमी समुहले सहभागिता जनाउन पाउने भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहलाई क्रमशः १५ हजार, १०हजार, ७ हजार र ५ हजार नगद र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिने भएको छ ।
मोदी गाउँपालिकाको कार्यालय प्राङ्गणमा हुने प्रतियोगिताका प्रत्येक समुहमा कम्तिमा १० जना सहभागि हुनुपर्नेछ । तीजको गितको विषयबस्तुमा महिला शसक्तिकरण, उद्यमशिलता, सचेतनामुलक मौलीक र सांस्कृतिक तथा समसामयिक विषयबस्तुमा आधारित हुनेपर्ने पालिकाले जनाएको छ । सहभागि समुहहरु मौलीक पोशाकमा आउनुपर्नेछ भने टिम दर्ता १८ गतेभित्र गर्नुपर्ने पालिकाद्धारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ । बाध्यवाधनको व्यवस्था सम्वन्धित समुहले गर्नुपर्ने र हरेक समुहकालागि प्रस्तुतीकरणको समय १५ मिनेट तोकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सँगै विभिन्न कलाकारहरुको प्रस्तुती समेत रहने अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो ।







