पर्वतको मुडिकुवामा ट्याक्टर दुर्घटना, तीन जना घाईते  - News site from Nepal
पर्वतको मुडिकुवामा ट्याक्टर दुर्घटना, तीन जना घाईते 
पर्वत, १८ जेठ ः पर्वतको फलेवास नगरपालिका वडा नं. ४ सिर्सुवामा शुक्रवार दिउँसो भएको ट्याक्टर दुर्घटनामा परी तीन जना घाईते भएका छन् ।
सदरमुकाम कुश्माबजारवाट विद्युतका पोल लिएर फलेवासतर्फ जाँदै गरेको ग१त ६४३० नम्वरको ट्याक्टर अनियन्त्रित भई सिर्सुवास्थित कालीगण्डकी लोकमार्गवाट ६० मिटर तल भिरमा खसेको हो ।
घाईते हुनेमा कुश्मा नगरपालिका वडा नं. १४ आर्थरका ३१ वर्षिय ट्याक्टर चालक बिनोद नेपाली, सोहि सोही ठाउँका ट्याक्टरका सहचालक २२ वर्षिय  सुमन नेपाली र बागलुङको बुर्तिवाङ घर बताउने २६ वर्षिय बिरबहादुर क्षेत्री रहेका छन् ।
तीनै जना मध्ये बिनोद र बिरबहादुरको अवस्था गम्भीर रहेको छ । उनिहरुको टाउँको र शरीरका विभिन्न भागमा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक भुवन बरामले जानकारी दिनुभयो । घटनास्थलवाट उद्धार गरी पर्वत अस्पताल ल्याईएकोमा अस्पतालले तत्काल पोखरा स्थित गण्डकी अस्पतालमा रिफर गरेको उहाँले बताउनुभयो ।
घटनाको थप विवरण आउन भने बाँकी रहेको उहाँले बताउनुभयो ।
घटना लगत्तै शसस्त्र प्रहरी बल २५ नम्वर चण्डिका गण कुश्माका डिएसपी विष्णु धिताको नेतृत्वमा पुगेको प्रहरीको टोलीले घाईतेहरुको उद्धार गरी पर्वत अस्पताल ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!