पर्वतको महाशिलामा चितुवाको आक्रमणवाट ६० कुखुरा मरे  - News site from Nepal
पर्वतको महाशिलामा चितुवाको आक्रमणवाट ६० कुखुरा मरे 
पर्वत, १४ भदौ ः पर्वतको महाशिला गाउँपालिका वडा नं. ५ काहुलेमा संचालित एक पोल्ट्रि फार्ममा चितुवा पसेर आक्रमण गर्दा ६० वटा कुखुरा मरेका छन् ।
स्थानीय मोहनविक्रम पौडेलले संचालन गरेको रोशन कृषि तथा पशुपंक्षी फार्ममा गएराती चितुवा पसेको हो । चितुवाको आक्रमणवाट बजार पठाउन योग्य भएका ६० वटा कुखुरा मरेको संचालक पौडेलले बताए । चितुवाको आक्रमणवाट फार्ममा रहेका सवै कुखरा मरेको उहाँले बताउनुभयो ।
राती सवै सुतिरहेको अवस्थामा घर भन्दा केहि पर रहेको फार्ममा चितुवा पसेको हो । चितुवाको आक्रमणवाट  एक लाख ५० हजार भन्दा बढिको क्षति भएको स.चालक पौडेलले जानाकारी दिए ।
मरेका सवै कुखराहरु खाडल खनेर गाडिएको छ । लामो समयदेखि व्यावसायिक तरकारी र कुखुरापालन गर्दै आउनुभएका युवा कृषक पौडेलले चितुवाको आक्रमणवाट ठुलो क्षति व्यहोर्नुपरेको गुनासो गरे ।
पछिल्लो समय पर्वतका ग्रामीण क्षेत्रमा चितुवाको आतंक नै मच्चिएको छ । गत शुक्रवार सोहि गाउँपालिका वडा नं. २ भोक्सिङमा चितवाको आक्रमणवाट एक बृद्ध गम्भीर घाईते हुनुभएको छ । स्थानीय विष्णुमाया गुरुङलाई कुखुरा थुन्ने क्रममा साँझ ७ बजे बाघले आक्रमण गरेको थियो । घाईते बृद्धाको वालिङ अस्पताल स्याङ्जामा उपचार भैरहेको छ ।
यसैगरी गत मंगलवार जिल्लाको मोदी गाउँपालिका वडा नं. ६ रातमाटाका स्थानीय गोपि शर्मा पाध्याको घरमा पालिएका चारवटा वाख्रा पनि चितुवाको आक्रमणवाट मरेका छन् । खोरमा रहेका पाँचवटा बाख्रामध्ये चार वटा मरेको र एउटा सकुसल रहेको थियो ।
वन क्षेत्रको बृद्धिसँगै आहाराको कमीमा पछिल्लो समय चितुवा गाउँ पस्न थालेको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ । चितुवावाट बन्यजन्तुमा भएको क्षतिको मुल्यांकन गरी कार्यालयले राहत दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!