पर्वतको खुर्कोटमा अज्ञात समुहद्धारा जेसिबीमा आगजनी - News site from Nepal
पर्वतको खुर्कोटमा अज्ञात समुहद्धारा जेसिबीमा आगजनी

पर्वत १७ चैत-  पर्वतको कुश्मा नगरपालिका वडा नं. २ समिकोटमा रोकिराखेको जेसिबीमा गएराती अज्ञात समुहले आगजनी गरेका छन् ।

छमर्के-खुर्कोट-कोटगाउँ सडक निर्माणका लागि ल्याईएको बा १ क ८३५९ नम्वरको जेसीबीमा आगजनी गरेका हुन् । आगजनीवाट जेसिबीमा पुणर् रुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सडक निर्माणको जिम्मा लिएको समर्पण कन्स्ट्रक्सन प्रालिको जेसिबी सडक निर्माण स्थलमै आगजनी भएको खबरपछि पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले घटनाको अनुसन्धान गरिहेको छ । गएराती १ बजेको समयमा आगजनी भएको प्रहरीको अनुमान रहेको छ ।

कसले र के कारणले आगजनी गरेको भन्ने यकिन भै नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । दिनभर सडक चक्लाबन्दी गरेर जेसिबीलाई रातीको समयमा समिकोट नजिकै पार्किङ्ग गरेर राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!