सामुहिक बलत्कार गरेको आरोपमा पर्वतका चार युवा पक्राउ  - News site from Nepal
सामुहिक बलत्कार गरेको आरोपमा पर्वतका चार युवा पक्राउ 
पर्वत – महिलालाई सामुहिक रुपमा करणी गरेको आरोपमा पर्वतको जलजला गाउँपालिकाबाट चार युवा पक्राउ परेका छन् ।
गत आइतवार राती एक बजेको समयमा घरमा श्रीमान नभएको मौका छोपी पालैपालो करणी गरेको आरोपमा ती युवालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जलजला गाउँपालिका वडा नं. ४ मोहनचोक बस्ने ३२ वर्षिया सागरबहादुर मल्ल, सोहि ठाउँका २१ वर्षिय आकाश केसी, २२ वर्षिय सन्देश क्षेत्री र म्याग्दीको बेनी नगरपालिका वडा नं. ४ घर भई जलजला गाउँपालिका वडा नं. ४ मोहनचोकनै बस्ने ३६ वर्षिय कुशल मल्ल रहेका छन् ।
महिलालाई जवरजस्ती सामुहिक करणी गरेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले सोमवार दिउँसो पक्राउ गरेको हो । उनिहरु बिरुद्ध जवरजस्ती करणी गर्न नहुने उद्योगमा पर्वत जिल्ला अदालतमा मुद्धा दर्ता गरी पहिलोपटक सात दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक भुवन बरामले जानकारी दिनुभयो ।
पिडित महिलाको नामथर भने गोप्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!