पर्वतमा गणतन्त्र दिवस मनाईयो - News site from Nepal
पर्वतमा गणतन्त्र दिवस मनाईयो

पर्वत –  पर्वतमा गणतन्त्र दिवस–२०८१ को अवसरमा मंगलवार बिहान प्रभात फेरी सहित विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ । विहान ७ बजे पर्वत अस्पतालको गेटबाट जिल्ला स्थित राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरु, जनप्रतिनिधी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी तथा सुरक्षाकर्मी प्रभात फेरीमा सहभागि भएका थिए । प्रभात फेरी ¥यालीमा बजार परिक्रमा गरी लोकतान्त्रिक चोकको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोण सभामा सहभागीहरुले देशमा प्रजातन्त्र स्थापनाका लागि बलिदान गर्ने सहिदहरुलाई एक दिन मात्र नसम्झेर उनीहरुले सोचे जस्तो समृद्धसाली देश निर्मामा एकजुट भए मात्र सहिदहरुप्रतिको सच्चा श्रदान्जली हुने टिप्पणी गरेका थिए ।

सो अवसरमा कुश्मा नगरपालिकाका सहीद परिवारलाई सम्मान गरिएको छ । यो दिवस पर्वतमा तीन दिनसम्म मनाईने छ । पर्वतमा पहिलो दिन (जेठ १४) सरकारी कार्यालयका कर्मचारीले आफ्नो कार्यालय परिसर भित्र सरसफाई गरेका थिए । आज (जेठ १५ गते अस्पतालका विरामीलाई फलफुल वितरण गर्नुका साथै बेलुका पख दिप प्रज्जवन गर्ने कार्यक्रम रहेको छ । जेठ १६ गते बृक्ष रोपण कार्यक्रम गर्ने कार्यक्रम तय भएको गण्डकी संचारलाई जानकारी प्राप्त भएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । पर्वतमा कुश्मा नगरपालिका, जिल्ला समन्वय समिति, पर्वत अस्पताल, सशस्त्र प्रहरी बल नेपाल नं.२५ गण हेडक्वाटर चण्डिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र लगायतका सरकारी कार्यालयले गणतन्त्र दिवस मनाएका हुन् । दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!