ठगी आरोपमा कुश्माको माता पाथीभरा सहकारीका अध्यक्ष पुर्पक्षका लागि थुनामा - News site from Nepal

पर्वत- पर्वतको सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत पर्वतमा मंगलवार भएको थुनछेक वहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायधिश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेष्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो ।

श्रेष्ठ सँगै कपास सफ्टवेरका संचालक प्रतिमान पौडेललाई पनि पुर्पक्षका लागि जेल चालन गर्न आदेश भएको छ । सहकारी ठगीमा श्रेष्ठ २० दिनदेखि प्रहरी हिरासतमा रहेका थिए भने यस अघि तपाई हाम्रो बहुउद्धेश्यीय सहकारी र ग्रामीण विकास कृषि सहकारी संस्थाको ठगी प्रकरणमा प्रतिमान पौडेल पुर्पक्षका लागि थुनामै बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार माता पाथिभरा बचत तथा ऋण सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै वचतकर्ता अर्जुनकुमार श्रेष्ठ लगायतले मुद्धा दायर गरेका थिए । सहकारी रजिष्ट्रार कार्यालयले अनुसन्धान गर्दा उक्त सहकारीमा रु. ११ करोड, ११ लाख, ९० हजार ३२२ रुपैया ८४ पैसा हिनामिना गरेको आरोप बचतकर्ताहरुको रहेको छ । यो सहकारीका अन्य २३ जना संचालक भने फरार सुचिमा रहेका छन् ।
यसअघि कुश्माको तपाई हाम्रो बहुउद्धेश्यीय सहकारी संस्थाका दुई जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका ६ जना पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!