पाँच स दक्षिण कोरियाको अध्यक्षमा थापा - News site from Nepal
पाँच स दक्षिण कोरियाको अध्यक्षमा थापा

कमला केसी/दक्षिण कोरिया
दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, सङ्गीत साधना समुह ‘पाँच स’ को सातौ अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
अधिवशेनले विष्णु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्म चयन गरेको छ । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा श्याम अर्याल चयन हुनुभएको छ । चार जना उपाध्यक्षमा महेन्द्र सापकोटा, अर्जुन थापा, भुवन खनाल र महिला उपाध्यक्ष शोभा अर्याल चयन हुनुभएको छ ।
संस्थाको महा-सचिवमा चुडामणि भण्डारी चयन हुनुभएको छ भने तीन जना सचिब पदमा जयन्ती घिमिरे, मनोज भुषाल र रुपक केसि रहनुभएको छ । संस्थाको कोषाध्यक्षमा गोपाल बुढा मगर, सह- कोषाध्यक्ष बिष्णु बुढाथोकी,युवा संयोजकमा कृष्णप्रसाद न्यौपाने र संचार बिभागमा उद्धब नेपाल रहनुभएको छ ।
समुहका कार्यसमिति सदस्यहरुमा दामोदर भुषाल, चेतन ढुङ्गाना, सशिकला नेपाल
दुर्गा कुवँर(ऋषि), सिर्जना कार्की, योगेन्द्र दाहाल,सन्तोष भट्टराई, शालिकराम खनाल र शार्दुल तिम्सिना रहनुभएको छ ।
निर्वाचन आयोग कमिटीमा निर्वाचन अधिकृत कमल भण्डारी आर्य, र सदस्यमा लोकराज न्यौपाने र मोहन कार्कि रहनुभएको थियो । संस्थाको बिधान र आवस्यकता अनुसार सक्रिय सदस्यहरु मनोनित गर्दै जाने नवनिर्वाचित अध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो । त्यसैगरी कार्यसमितिको पहिलो बैठक बाट सल्लाहकार नियुक्ति गरिने पनि बताईएको छ ।

कला, संस्कार, संस्कृति, भेषभुषा, चाडपर्व आदिले राष्ट्रको परिचय दिने कुरालाई आत्मसात गरि धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले “साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा अध्यात्मित जागरण गराउने हाम्रो प्रयास“ भन्ने मुल नाराका साथ सन् २०१७ मा यो संस्था स्थापना भएको हो । आनसान स्थित सांस्कृतिक घरमा अधिवेशन सम्पन्न भएको हो ।
सनातन साहित्य सङ्गीत साधना समूहले राष्ट्र र राष्ट्रियता झल्किने विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । बिशेष गरि हरेक नेपाली चाडपर्वहरुलाई विधिवत र भव्यताका साथ मनाउदै आईरहेको पाँच स दक्षिण कोरियाले बिदेशमा रहेका नेपाली समुदायमा एक छुट्टै, सकरात्मक ,अनुकरणीय र एकताको सन्देश प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!