एमालेद्धारा चुवाको विपन्न परिवारलाई खाद्यान्न सहयोग - News site from Nepal
एमालेद्धारा चुवाको विपन्न परिवारलाई खाद्यान्न सहयोग

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवाको एक विपन्न परिवारलाई नेकपा एमाले पर्वत र वडा कमिटि चुवाले खाद्यान्न सहयोग गरेको छ ।
स्थानीय विकास परियारको परिवारलाई चामल, दाल, तेल, आँटा, चियापत्ती लगायतको खाद्यान्न सहयोग गरिएको हो । परियारकी आमा बुद्धिकुमारीको शनिवार निधन भएपछि काजकिरिया गर्न समेत समस्या भएपछि खाद्यान्न सहयोग गरिएको स्थानीय तथा एमाले नेता सिर्जन पौडेलले जानकारी दिनुभयो ।
दैनिकजसो ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्दै आएको परिवारमा काजकिरिया गर्न समेत समस्या भएको देखेपछि खाद्यान्न सहयोग गरिएको पौडेलले बताउनुभयो । पिडित पविारको घरमै लगेर उक्त राहत हस्तान्तरण गरिएको हो ।
खाद्यान्न हस्तान्तरणका लागि एमाले नेता मनोहरबि पौडेल, गोविन्द पहाडी, इश्वर गिरी, केदारनाथ शर्मा, मिनप्रसाद श्रेष्ठ, मुगा पोखरेल वडा कमिटि अध्यक्ष कुलप्रसाद पोखरेल लगायत घरमै पुग्नुभएको थियो । सो अवसरमा मृतकको परिवारमा समवेदना समेत व्यक्ति गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!