पर्वत- नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको ७२ औँ स्थापना दिवसको अवसरमा पर्वतमा खाद्यान्न वितरण गरिएको छ ।
पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल मोदीवेणीधाममा रहेका बृद्धबृद्धालाई नेपाल तरुण दल पर्वत जिल्ला कार्यसमितिले खाद्यान्न वितरण गरेको हो ।
बृद्धाबृद्धाहरुका लागि चामल, तेल, दाल लगायतका खाद्यान्न वितरण गरेका हुन् । नेपाल तरुण दल पर्वतका उपाध्यक्ष भाष्कर जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कुश्मा नगर समितिका सभापति किशोर भण्डारीले स्थापना दिवसमा तरुण दलले गरेको कार्यक्रम सह्रानिय रहेको बताउनुभयो । उहाँले मानविय सेवामा तरुण दल सँधै सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिँदै मोदीवेणीमा रहेको बृद्धाश्रमलाई राज्यले समेत उचित रुपमा संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा मोदीवेणी नृसिंह धामका अध्यक्ष केशवदास बैरागी, समाजसेवी कमल लामिछाने लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन तरुण दल पर्वतका सचिब धनबहादुर ठकुरी अमृतले गर्नुभएको थियो । कार्यक्रममा तरुण दल पर्वतका सदस्य पर्वत गुरुङ, अनिश श्रेष्ठ, अच्युत श्रेष्ठ, सुमन श्रेष्ठ र रवि श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।






