पर्वतका सरकारी कार्यालय र स्थानीय तहहरुको बार्षिक समिक्षा - News site from Nepal
पर्वतका सरकारी कार्यालय र स्थानीय तहहरुको बार्षिक समिक्षा

पर्वत- गत आर्थिक वर्ष २०८०/८१ मा पर्वतका सरकारी निकायहरुले गरेका गतिविधिका बारेमा समिक्षा गरिएको छ ।
जिल्ला समन्वय समिति पर्वतको आयोजनामा बुधवार र बिहीवार समिक्षा गरिएको हो । कार्यक्रममा जिल्लाका सात स्थानीय तह, संघ र प्रदेश अन्तर्गतका कार्यालयहरुले गत आर्थिक वर्षमा सम्पादन गरेका कामहरु, प्रगति, समस्या, र चुनौतीका बारेमा आ-आफ्नो प्रस्तुती राख्नुभएको थियो ।
समिक्षा गोष्ठिको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री पदम गिरीले सरकारी निकायका कामकाजलाई पारदर्शी बनाउन आग्रह गर्नुभएको छ । लक्षित कार्यक्रमहरु के कति सम्पन्न भए, कुन कुन काम के कारणले सम्पन्न हुन सकेनन् भन्ने बारेमा गरिने समिक्षाले आगामी दिनमा सुधार गर्न सहज हुने भन्दै पुर्व मन्त्री गिरीले कुनैपनि बहानाबाजीमा काम नगर्ने छुट नहुने बताउनुभयो । उहाँले विकास निर्माणका काममा कुनै पक्षवाट अवरोध भएमा वा समस्या भएमा जनप्रतिनिधिहरुसँग समन्वय र सहकार्य गर्न समेत आग्रह गर्नुभयो ।


नागरिकको सेवा र जिल्लाको समृद्धि सवैको एकमात्र लक्ष हुनुपर्ने मन्त्री पुर्व मन्त्री गिरीले पर्वतवासीहरुमा उत्साह जगाउनेगरी काम गर्न सरकारी कार्यालयका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्लाका सातवटै पालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, संघीय सरकार र प्रदेश सरकार अन्तर्गका कार्यालयहरुका प्रमुखहरुले छुट्टाछुट्टै आ-आफ्नो प्रस्तुती राख्नुभएको थियो । कार्यालयहरुको प्रस्तुतीमा बजेट र भौतीक प्रगति सन्तोषजनक देखिएको थियो ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपप्रमुख सोम जिसी र संचालन जिल्ला समन्वय अधिकारी किरण पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!